+
+

एमाले कैलालीकाे अध्यक्षमा ४ मत अन्तरले थापा विजयी 

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २७ गते ७:२२

२७ पुस,धनगढी । नेकपा एमाले कैलालीको अध्यक्षमा रतनबहादुर थापा विजयी भएका छन् । प्रत्यासी रणबहादुर चन्दलाई ४ मत अन्तरले पराजित गर्दै थापा अध्यक्षमा विजयी भएकाे निर्वाचन समितिले जनाएकाे छ ।

थापाले दुई सय ८७ मत पाउँदा चन्दले भने दुई सय ८३ मत प्राप्त गरेका छन् । उनीहरू दुवै प्यानलसहित चुनावी मैदानमा हाेमिएका थिए ।

उपाध्यक्षमा थापा प्यानलका दुर्गाप्रसाद जाेशी सबैभन्दा बढी तीन सय २७ मत ल्याएर विजयी भएका छन् भने चन्द प्यानलका सिताराम बुढाथोकीले दुई सय ७ मत ल्याए ।

सचिवमा भने चन्द प्यानलका डेजी पाण्डे विजयी भएका छन् । पाण्डे दुई सय ९४ मत ल्याएर विजयी भएकाे निर्वाचन समितिले जनाएको छ । उनका प्रतिद्वन्द्वी दानबहादुर विकले दुई सय ६० मत ल्याए । उनी पार्टीका निवर्तमान सचिव समेत हुन् ।

उपसचिवमा पनि चन्द प्यानलकै ममताप्रसाद चाैधरी र लोकेन्द्र शाही विजयी भएका छन् । चाैधरीले दुई सय ९० र शाहीले एक सय ९६ मत ल्याए । उपसचिव पदका उम्मेदवार थापा प्यानलका प्रेम डगाैराले एक सय ७१ र मदन ओझाले एक सय ७० मत ल्याए भने स्वतन्त्र उम्मेदवार दिएका विनय शाहले एक सय ७८ मत पाएका छन् ।

अध्यक्ष लगायतका पदाधिकारीकाे मत गणना सकिए पनि सदस्यहरूकाे भने गणना गर्न बाँकी छ । निर्वाचन समितिले मंगलबार बिहान ८ बजेदेखि सदस्यहरूकाे मत गणना शुरू गरिने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?