+
+

मोरङमा ट्याक्टरको ठक्करबाट एक विद्यार्थीको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २८ गते ८:५८

२८ पुस, विराटनगर । मोरङको उर्लाबारी नगरपालिका–३ सोल्टीपुलमा आज बिहान ट्याक्टरको ठक्करबाट एक विद्यार्थीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा उर्लाबारी नगरपालिका ७ का २१ वर्षीय निश्चल बानियाँ रहेका छन् । उनी नेपाल दर्शन कलेजका विद्यार्थी हुन् ।

बानियाँले चलाएको प्रदेश १–०१–०१२ प ७१५२ नम्बरको मोटरसाइकललाई आज बिहान ६ बजे को २ त ८२९६ नम्बरको ट्याक्टरले ठक्कर दिएको थियो । ट्याक्टरको ठक्करबाट बानियाँको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्याक्टरसहित चालक मोहन तामाङलाई इलाका प्रहरी कार्यालय उर्लाबारीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?