+
+

टाइगर कप भलिबलमा पुलिसको लगातार तेस्रो जित

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २८ गते १८:५४

२८ पुस, काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबले दोस्रो संस्करणको टाइगर कप राष्ट्रिय आमन्त्रण महिला तथा पुरुष भलिबल प्रतियोगितामा पुरुषतर्फ बुधबार लगातार तेस्रो जित हात पारेको छ ।

पोखरा रंगशालास्थित भलिबल ट्रेनिङ सेन्टरमा भएको दिनको अन्तिम खेलमा पुलिसले विभागीय प्रतिद्वन्द्वी एपीएफलाई ३-१ को सेटमा हरायो । पुलिसले एपीएफलाई २५-२१, २३-२५,२५-२३,२५-१९ ले पराजित गरेको हो ।

लगातार तीन जितपछि पुलिस ८ अंक जोडेर शीर्ष स्थानमा छ र फाइनल नजिक पुगेको छ । आर्मीले अब लिग चरणको अन्तिम खेलमा त्रिभुवन आर्मीसंग शुक्रबार खेल्नेछ ।

एपीएफको यो लगातार दोस्रो हार हो । पहिलो खेलमा गण्डकीलाई पराजित गरेको एपीएफ त्यसपछि आर्मीसंग पराजित भएको थियो । आर्मीको ३ खेलबाट ३ अंक मात्र छ ।

यस्तै त्यसअघि भएको पुरुषतर्फकै अर्को खेल हेल्प नेपाल स्पोर्ट्स क्लबले विभागीय टोली त्रिभुवन आर्मीलाई सोझो सेटमा पराजित गरेको छ । हेल्प नेपालेले आर्मीलाई २५-१५, २५-२१, २५-२२ ले हरायो ।

हेल्प नेपाल यसअघि पहिलो खेलमा पुलिससंग ३-२ को सेटले पराजित भएको थियो । पहिलो जितपछि हेल्प नेपालले २ खेलबाट ४ अंक जोडेको छ ।

उता पहिलो खेलमा एपीएफलाई हराएको आर्मीको यो पहिलो हार हो । आर्मीको २ खेलबाट ३ अंक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?