
२९ पुस, काठमाडौं । क्यानडाको क्युबेक प्रान्तले कोरोना विरुद्धको खोप नलगाउनेहरुले अतिरिक्त कर तिर्नुपर्ने नयाँ नियम लागू गरेको छ ।
खोप नलगाउनेले अतिरिक्त कर तिर्नुपर्ने नियम बनाउने क्युबेक पहिलो प्रान्त बनेको छ ।
क्युबेक प्रान्तका प्रमुख फाँस्वा लेगाल्टका अनुसार करीब १० प्रतिशत व्यक्तिले खोप लगाएका छैनन् । खोप नलगाएकाहरुले अन्य नागरिकका लागि खतरा बढाएको र स्वास्थ्य सन्जालमा दबाब बढाएको भन्दै कोरोना खोप नलगाउनेहरुले अतिरिक्त कर तिर्नुपर्ने नयाँ नियम बनाइएको हो ।
यद्यपि खोप नलगाएकाहरुले कहिलेदेखि कति प्रतिशत कर तिर्नुपर्छ भनेर लेगाल्टले भनेका छैनन् । तर उनले खोप लगाउन प्रेरित गर्ने गरी कर लगाइने बताएको बीबीसीले जनाएको छ ।
कोभिड संक्रमणका कारण क्युबेकका अस्पताल भर्ना भएका ५० प्रतिशत विरामीले कोरोना विरुद्धको खोप नलिएको पाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4