+
+

पीएम कप टी-२० : सुदूरपश्चिमको पहिलो जित

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २९ गते १५:०७

२९ पुस, काठमाडौं । प्रधानमन्त्री कप टी-२० पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले पहिलो हात पारेको छ ।

बिहीबार टीयू अन्तर्राष्ट्रिय क्रिकेट म‌ैदानमा भएको खेलमा सुदूरपश्चिमले कर्णाली प्रदेशलाई ४७ रनले पराजित गरेको हो । जितपछि २ खेलबाट समूह ए मा सुदूरपश्चिमले २ अंक जोडेको छ । तीन खेल खेल्दा दोस्रो हाल व्याहोरेको कर्णालीको पनि २ अंक छ ।

सुदूरपश्चिमले दिएको १५४ रनको लक्ष्य पछ्याएकाे कर्णाली १९.१ ओभरमा १०६ रनमा अलआउट भयाे । कर्णालीका कप्तान रविन्द्र शाहीले सर्वाधिक ३५ र अर्जुन घर्तीले ३० रन जोडे ।

कर्णालीलाई अलआउट गर्न सुदुरपश्चिमका शेर मल्लले सर्वाधिक ४ विकेट लिए भने हेमन्त धामीले २ विकेट लिए । आदित्य महता, गजेन्द्र बोहरा र विकास अग्रीले समान १ विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५३ रन बनाएकाे थियाे । सुदूरपश्चिमका लागि अर्जुन साउदले सर्वाधिक ३२ रन बनाए ।

बसन्त कार्कीले १७ बलमा २८, दिपक बोहराले २५ तथा खडक बोहराले २२ रन जाेडे । कर्णालीका प्रकाश जैसीले सर्वाधिक ३ विकेट लिए भने रविन्द्र शाही र दिवान पुनले समान २ विकेट लिए ।

समूह ए अन्तर्गत नै मुलपानी क्रिकेट मैदानमा हुने भनिएको त्रिभुवन आर्मी क्लब र प्रदेश १ बीचको खेल मैदान भिजेका कारण रद्द भएकाे छ । खेल हुन नसकेपछि दुवै टाेलीमा १-१ अंक बाँडेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?