+
+

पहिरोमा परी स्काभेटरसहित तीनजना बेपत्ता

रासस रासस
२०७८ पुष २९ गते १५:४९
फाइल फोटो

२९ पुस, धादिङ । रुबिभ्याली गाउँपालिका–१ तिप्लिङको पुरुनजिकै पहिरोमा परी स्काभेटरसहित तीनजना बेपत्ता भएका छन् ।

आज बिहान पहिरो खसेर पुरिँदा स्काभेटर चालक काभ्रेका २८ वर्षीय आकाश तामाङ, सहचालक काभ्रेकै १९ वर्षीय राजु तामाङ र रुबिभ्याली गाउँपालिका–१ का २७ वर्षीय अनिश तामाङ बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक जागेश्वर भण्डारीले बताए ।

लब्दुङबाट लिङ्जोतर्फ सडक खन्दै गरेको अवस्थामा पहिरो खस्दा स्काभेटरसहित उनीहरू पुरिएको उनको भनाइ छ । सदरमुकाम धादिङबेँसीबाट दुई दिनको पैदल दूरीमापर्ने सो क्षेत्रमा सडक खन्ने काम भइरहेको थियो ।

पहिरोमा पुरिएर बेपत्ता भएकाहरूको खोजीका लागि सशस्त्र प्रहरीको टोली हेलिकप्टरबाट घटनास्थलतर्फ प्रस्थान गरेको छ । सशस्त्र प्रहरी र नेपाल प्रहरीका प्रहरी निरीक्षक र गाउँपालिकाका अध्यक्षसहितको टोली घटनास्थलतर्फ प्रस्थान गरेको हो । खराब मौसम र सुख्खा पहिरोका कारण उद्धारमा कठिनाइ भएको तिप्लिङका शिक्षक नरबहादुर घलेले बताए ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?