+

विश्व नम्बर एक प्रिन्स दाहाललाई प्रधानमन्त्री देउबाको बधाई

२०७८ पुष  २९ गते १७:०० २०७८ पुष २९ गते १७:००
विश्व नम्बर एक प्रिन्स दाहाललाई प्रधानमन्त्री देउबाको बधाई

२९ पुस, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउबाले विश्व ब्याडमिन्टनको जुनियर वरीयतामा शीर्षस्थानमा पुगेका प्रिन्स दाहाललाई बधाई दिएका छन् । देउबाले बिहीबार ट्वीटरमार्फत बधाई दिएका हुन् ।

विश्व ब्याडमिन्टन महासंघले बुधबार जारी गरेको वरियतामा प्रिन्स दुई स्थान सुधार गर्दै पहिलो पटक शीर्षस्थानमा पुगेका हुन् ।

यस्तै, नेपाल ब्याडमिन्टन संघले पनि बिहीबारै विज्ञप्ति जारी गर्दै प्रिन्सलाई बधाई दिएका छन् । अब नेपाल व्याडमिन्टन संघ उनलाई बढीभन्दा बढी अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिताका लागि पहल गर्ने र ओलम्पिक छात्रवृत्ति हासिल गराउन प्रयास गर्ने जनाएको छ । अहिले तत्काल व्याडमिन्टन एसियाअन्तर्गत एसिया ओलम्पिक प्रोजेक्टको छात्रवृत्तिमा उनले वार्षिक तीन हजार अमेरिकी डलर प्राप्त गर्ने नेपाल ब्याडमिन्टन संघले जनाएको छ ।

साथै प्रिन्सलाई बढीभन्दा बढी प्रतियोगितामा सहभागिता जनाउन र थप प्रशिक्षणका लागि संघले राष्ट्रिय खेलकुद परिषद, नेपाल ओलम्पिक कमिटी, ब्याडमिन्टन एसिया र विश्व व्याडमिन्टन महासंघसँग संघले छलफल गर्ने जनाएको छ ऽ

यस्तै संघले महिलातर्फ जुनियर वरियतामा समावेश रशिला महर्जनलाई पनि बधाई दिएको छ । ‘ अर्का खेलाडी रसिला महर्जन पनि विश्व यू-१९ वुमेन्स वरीयताको १९औं वरीयतामा पर्नु भएकोले उहाँलाई पनि बधाई ज्ञापन गर्दै भविष्यमा सफलताको लागि कामना गछौँ ।’

प्रिन्स दाहाल बधाई

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय