+
+

नेपालीको भान्सा थप महँगियो, उपभोक्ता मुद्रास्फीति ७.११ प्रतिशत

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २९ गते १७:४८

२९ पुस, काठमाडौं । चालु आर्थिक वर्षको पाँच महिना आइपुग्दा नेपालीको भान्सा थप महँगिएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको अध्ययन प्रतिवेदन अनुसार मंसिर महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७.११ प्रतिशत पुगेको छ ।

अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति २.९३ प्रतिशत रहेको थियो । तुलनात्मक रुपमा हेर्दा खाद्य भन्दा धेरै गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति धेरै बढेको छ । यस महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.६७ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ८.२५ प्रतिशत रहेको छ ।

दैनिक भान्सामा प्रयोग हुने तेल, दाल लगायतको मुद्रास्फीति पनि अचाक्ली बढेको छ । २०७७ मंसिरको तुलनामा २०७८ मंसिरमा घ्यू तथा तेल, यातायात, दाल तथा गेडागुडी, शिक्षा र सुर्तीजन्य वस्तु उपसमूहको मूल्यवृद्धि क्रमशः २८.५२ प्रतिशत, १६.२५ प्रतिशत, ११.७९ प्रतिशत, ११.७८ प्रतिशत र ११.७४ प्रतिशत रहेको छ ।

ठाउँ अनुसार हेर्दा सबैभन्दा धेरै तराईमा मूल्यवृद्धि बढेको पाइएको छ । यस महिनामा काठमाडौं उपत्यकामा ५.९१ प्रतिशत, तराईमा ७.५२ प्रतिशत, पहाडमा ६.९५ प्रतिशत र हिमालमा ४.९१ प्रतिशत मुद्रास्फीति रहेको छ । २०७७ मंसिरमा यी क्षेत्रहरूमा क्रमशः ३.७१ प्रतिशत, २.३५ प्रतिशत, ३.९५ प्रतिशत र ४.२२ प्रतिशत मुद्रास्फीति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?