
९ भदौ, काठमाडौं । नेपाल आउने पर्यटकसँगै नेपालमा एक वर्षमा ८८ अर्ब ६६ करोड रुपैयाँ बराबर विदेशी मुद्रा भित्रिएको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा अघिल्लो आव २०८०/८१ को तुलनामा ७.७ प्रतिशतले भ्रमण आय सुधार भएको हो । अघिल्लो वर्ष ८२ अर्ब ३३ करोड भित्रिएको थियो ।
भ्रमण आय बढे पनि खुद सेवा आय भने घाटामा छ । यसो हुनुमा शिक्षाका लागि विदेशिने रकमको अंश ठूलो हुनु हो ।
राष्ट्र बैंकका अनुसार यस वर्ष खुद सेवा आय ९० अर्ब ९४ करोडले घाटामा छ । यस वर्ष भ्रमण व्यय २ खर्ब २३ अर्ब ७२ करोड पुगेको छ । यसमा शिक्षाका लागि विदेशिएको रकम १ खर्ब ३८ अर्ब ४८ करोड छ ।
अघिल्लो वर्ष शिक्षाका लागि १ खर्ब २५ अर्ब १३ करोड रुपैयाँ रहेको थियो । अघिल्लो वर्ष भ्रमण व्यय भने १ खर्ब ८९ अर्ब ४३ करोड थियो ।
गत आव नेपालबाट विदेश भ्रमण जाने नेपालीले ८५ अर्ब २४ करोड रुपैयाँ लगेका छन् । सरकारले विदेश भ्रमणमा जानेलाई विदेशी मुद्रा सटहीमा समेत सहजीकरण गर्दै आएको छ ।
प्रतिक्रिया 4