+
+

प्रादेशिक पूर्वाधार बनाउन जग्गा खोज्दै बागमती सरकार

अव्यवस्थित सरकारी संरचनामा सञ्चालन हुदै आएको बागमती सरकारका मन्त्रालय र कार्यालयका लागि आफ्नै व्यवस्थित संरचना तयार गर्न प्रदेश सरकारले जग्गा खोजी शुरु गरेको हो । 

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २९ गते २०:१५

२९ पुस, हेटौंडा । बागमती सरकारले स्थायी राजधानी तोकेको दुई बर्षपछि प्रादेशिक संरचना निर्माणको लागि स्थान छनोट शुरु गरेको छ ।

अव्यवस्थित सरकारी संरचनामा सञ्चालन हुदै आएको बागमती सरकारका मन्त्रालय र कार्यालयका लागि आफ्नै व्यवस्थित संरचना तयार गर्न प्रदेश सरकारले जग्गा खोजी शुरु गरेको हो ।

बुधबार मुख्यमन्त्री राजेन्द्र पाण्डे, आर्थिक ममिला तथा योजना मन्त्री शालिकराम जम्मकट्टेल र भौतिक पूर्वाधार मन्त्री कृण्णलाल भडेलसहितको टोलीले हेटौंडा उपमहानगरपालिका क्षेत्रका विभिन्न ठाउँको स्थलगत निरीक्षण गरेको छ ।

सो टोलीले हेटौंडा उपमहानगरपालिका–५ पिप्लेमा रहेको मत्स्य विकास केन्द्रको जमिन, वडा नम्बर १७ र १८ को सामुदायिक वन क्षेत्रको जग्गा पनि हेरेको छ । त्यस्तै वडा नम्बर ६ र १५ मा पर्ने चित्रेपानी सामुदायिक वन र वडा नम्बर ९ को हेटौंडा सिमेन्ट उद्योगको रातोमाटे डाँडा क्षेत्र पनि निरीक्षण गरेको थियो ।

केही दिनअघिको मन्त्रिपरिषद बैठकमा प्रादेशिक राजधानी हेटौंडामा प्रदेश सरकारको मन्त्रालयहरु संसद भवन, आवास गृहहरु, प्रदेश स्तरीय भौतिक पूर्वाधारहरु निर्माण गर्ने विषयमा छलफल भएको थियो ।

२०७४ सालमा हेटौंडालाई अस्थायी राजधानी तोकिएपछि तत्कालिन जिल्ला विकास समितिले निर्माण गरेको भवनमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, तत्कालिन क्षेत्रीय शिक्षा निर्देशनालयमा प्रदेशको संसद भवन, तत्कालीन श्रम कार्यालयले निर्माण गरेको भवनमा अहिले पाँच वटा मन्त्रालय रहेका छन् । त्यस्तै डिभिजन वन कार्यालयको हातामा वन मन्त्रालय र मुख्यमन्त्रीको आवास राखिएको छ ।

हेटौंडा सिमेन्ट उद्योगको आवास गृहमा मन्त्री निवास बनाइएको छ भने केही मन्त्रालय भाडाका घरमा अव्यवस्थित तरिकाले सञ्चालन हुँदै आएका छन् ।

जग्गा छनोट टोलीका अनुसार मन्त्रालय र संसद भवन एकै ठाउँमा बनाउने गरी जग्गा खोजिएको छ । मुख्यमन्त्री पाण्डेले प्रदेश सरकारले प्रदेशको स्थायी संरचना बनाउनेतिर ध्यान दिएको बताए । ‘चाडै भूगोल छनोट गरी काम अघि बढाइन्छ’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?