+
+

नबिल र नेपाल-बंगलादेश गाभिँदा कति बलियो बन्छ बैंक ?

रोयल आचार्य रोयल आचार्य
२०७८ पुष २९ गते २१:४१

२९ पुस, काठमाडौं । बिहीबार साझ नबिल बैंक र नेपाल बंगलादेश बैंकबीच एक आपसमा मर्जरमा जाने सम्झौता पत्रमा हस्ताक्षर भयो । बिहीबार ६ बजे ललितपुरको भिभान्ता होटलमा आयोजित विशेष कार्यक्रममा नबिल बैंकका तर्फबाट मर्जर समितिका संयोजक उदयकृष्ण उपाध्याय र नेपाल बंगलादेश बैंकको तर्फबाट इन्ऽबहादुर थापाले हस्ताक्षर गरे ।

दुवै बैंकले संयुक्त मर्जर/एक्विजिसन सम्बन्धी समिति गठन गरी उक्त समितिले सिफारिस गरे बमोजिम बिहीबारे सम्पन्न दुवै बैंकको सञ्चालक समितिको बैठकबाट उक्त एक्विजिसन -प्राप्ति) सम्बन्धी सम्झौता सर्वसम्मतिले पारित गरेका थिए ।

एक्विजिसन सम्बन्धी प्रकृया अगाडि बढाउनका लागि नबिल बैंकको तर्फबाट सञ्चालक उपाध्यायको संयोजकत्वमा नबिल बैंकका सञ्चालक आशा राणा अधिकारी तथा सञ्चालक अनन्त पौड्याल सदस्य रहेका थिए भने नेपाल बङ्गलादेश बैंकको तर्फबाट सञ्चालक मोहम्मद शाल आलम सरवर, सञ्चालक इन्द्रबहादुर थापा, सञ्चालक अमन शाह र सदस्य सचिवमा नबिल बैकका प्रमुख वित्त अधिकृत  मनोज ज्ञवाली रहने गरी संयुक्त मर्जर/एक्विजिसन कमिटी बनेको थियो ।

दुबै बैकले नेपाल राष्ट्र बैंकले मर्जर तथा प्राप्तिलाई प्रोत्साहन गर्ने गरी लिएको नीति र बैकहरुको दिर्घकालीन रणनैतिक योजनासमेतलाई मध्यनजर गर्दै सम्झौता गरेर अघि बढेका छन् ।

ब्राण्डका हिसाबले अग्रणी स्थानमा रहेको नबिल बैंकले गैरकोषमा आधारित व्यवसायमा अग्रणी नेपाल बङ्गलादेश बैंक लाई प्राप्तिपश्चात बैंक बाणिज्य बैंक हरुमा सबै सुचकांक हरुमा अग्रणी हुने विश्वास छ । बैकहरुले प्राप्ति कार्य पाँच महिनाभित्र सम्पन्न गर्ने लक्ष्य लिएका छन् ।

नबिल बैंक केहीवर्ष अघिसम्म अधिकांश सूचकमा नम्बर वान बैंक थियो । मर्जरका कारण अन्य बैंकहरु बलियो बन्दा पनि नबिललाई भेट्न निकै मुश्किल परेको थियो । मुलुककै पहिलो सार्वजनिक र निजी लगानी -ज्वाइन्ट भेञ्चर) रुपमा जन्मिएको बैंकले अहिले आएर वाणिज्य बैंकलाई गाभेको छ ।

स्वाप रेसियो १००ः४२ मा नेपाल बंगलादेश बैंकलाई नबिल बैंकले गाभ्ने समझदारी गरेको छ । अर्थात् अब नेपाल बंगलादेश बैंकको एक सय कित्ता शेयर बराबर नबिल बैंकको ४२ कित्तामात्रै शेयर हुनेछ । निकै सस्तो मूल्यमा गाभे पछि बन्ने मर्जरपछिको बैंक, बैंकिङ क्षेत्रमा कति बलियो बन्ला ? यसमा सबैको स्वभाविक चासो छ ।

मर्जर पछि बैंकको नाम नबिल बैंक नै हुने प्रारम्भिक सहमति भएको छ । मर्जर पछि बैंकको अध्यक्ष हालका नविल बैंकका अध्यक्ष उपेन्द्र पौड्याल र प्रमुख कार्यकारी अधिकृत पनि नबिल बैंककै अनिल केशरी शाह हुनेछन् । नेपाल बंगलादेश बैंकमा अहिले आईसीएफसी बैंक, बंगलादेशकेा प्रतिनिधिको रुपमा ए.आर.एम. नाजमुस साकिब अध्यक्ष रहेका छन् भने प्रमुख कार्यकारी अधिकृत रिक्त छ ।

नेपाल बैंकलादेश बैंकको वरिष्ठ प्रमुख कार्यकारी अधिकृतमा भुपेन्द्र पाण्डे केही साता पहिलेमात्रै नियुत्तः भएका थिए । उनलाईर् मर्जरपछि बैंकको वरिष्ठ प्रमुख कार्यकारी अधिकृत नै दिने प्रारम्भिक सहमति भएको छ ।

नेपाल बंगलादेश बैंकलाई गाभेपछि बन्ने बैंकमा पूर्व नबिलकै वर्चश्व रहनेछ । आईसीएफसी बैंकले लगानी फिताृ लिएर जाने भएकाले सञ्चालक समितिमा प्रतिनिधित्वमा पनि पूर्व नविलकै बहुमत हुनेछ ।

नेपाल राष्ट्र बैंकले ठूला बैंकहरुबीच मर्जर गराउने रणनीति पछि भएको यो तेस्रो सम्झौता हो । पहिलो सम्झौता ग्लोबल आइएमई बैंक र जनता बैंक नेपालबीच भएको थियो । ग्लोबल र जनता एक भइसकेका छन् । त्यसपछि सम्झौता गरेको नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकको मर्जर सम्झौता भने अलपत्र अवस्थामा छ । नबिल र नेपाल बंगलादेश बैंकबीच मर्जरपछि पनि नबिल बैंक चुक्ता पुँजी लगायतका आधारमा पहिलो बन्न भनेसक्ने छैन ।

यस्तो बन्नेछ पुँजी संरचना

मर्जरपछि नबिल बैंकको चुक्ता पुँजी २२ अर्ब ७३ करोड रुपैयाँ पुग्नेछ । अहिले नेपाल बंगलादेश बैंकको चुक्ता पुँजी ९ अर्ब चार करोड रुपैयाँ छ । बैंकको दिने भनेको १२ प्रतिशत बोनस शेयर वितरण पछि चुक्ता पुँजी एक अर्ब ८ करोड रुपैयाँले बढेर १० अर्ब ८ करोड रुपैयाँ पुग्ने छ ।

अहिले नबिल बैंकको चुक्ता पुँजी १३ अर्ब ८४ करोड रुपैयाँ छ । बैंकले घोषणा गरेको ३३.६ प्रतिशत बोनस शेयर वितरणपछि चुक्ता पुँजी ४ अर्ब ६५ करोड रुपैयाँले बढेर १८ अर्ब ४९ करोड रुपैयाँ पुग्ने छ । नेपाल बंगलादेश बैंकको चुक्ता पुँजी १० अर्ब ८ करोड भए पनि नबिलले ४२ रुपैैयाँमा किन्न लागेकाले ४ अर्ब २३ करोड रुपैयाँमात्रै पुँजी थपिनेछ ।

यी बैंक मर्ज भएपनि यस अघि मर्ज भएको ग्लोबल आइएमइर्ए बैंक नै पुँजीका आधारमा अगाडि हुनेछ । ग्लोबल आइएमई बैंकले आर्थिक वर्ष २०७७/७८ को कुल मुनाफाबाट बैंकले आˆना शेयरधनीहरुलाई प्रस्ताव गरेको १० प्रतिशत बोनश शेयर र ३.५ प्रतिशत नगद लाभांश गरी कुल १३.५ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको छ । प्रस्तावित बोनश शेयर वितरणपश्चात बैंकको चुक्ता पुँजी २३ अर्ब ७९ करोड रुपैयाँ पुग्ने छ । यसकारण पुँजीमा भने नबिल बैंक दोस्रो स्थानमा रहेनछ ।

शेयरधनीहरुलाई आकर्षक लाभांश खुवाउनेमा पनि नबिल बैंक सधै अगाडि रहदै आएको छ । यस वर्ष पनि नबिलले सर्वाधिक लाभांश दिदैछ । तर मर्जर पछि भने शेयर संख्या बढ्ने भएकलो लाभांश क्षमता घट्न सक्नेछ । नबिल बैंक ठूला उद्योगी, व्यवसायीहरुको बैंक भनेर चिनिन्छ । यद्यपि, यस बैंकले पछिल्लो समय साना तथा मझौला -एसएमई) उद्योग व्यवसायहरुमा पनि राम्रो लगानी गर्न थालेको थियो । नेपाल बंगलादेश बैंकलाई गाभेपछि अझ धेरै एसएमईमा बैंक पुग्नेछ ।

नबिल बैंक ले नेपाल बङ्गलादेश बैकलाई प्राप्तिपश्चात बैकको प्राथमिक पुजी ४३ अर्ब हुनेछ भने कर्जा रकम ३ खर्ब, निक्षेप ३ खर्ब १४ अर्ब पुग्नेछ । गैरकोषमा आधारित व्यवसायको आकार १ खर्ब ३० अर्ब माथि हुनेछ भने शाखा सञ्जाल तत्कालै २३५ पुग्नेछन् । ग्राहक संख्या १६ लाख माथी हुनेछ ।

लेखकको बारेमा
रोयल आचार्य

आर्थिक पत्रकारितामा सक्रिय आचार्य मुलतः बैंक तथा वित्तीय संस्था, सेयर बजार र निजी क्षेत्रका विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?