+
+
Shares

नबिल बैंक उत्कृष्ट वित्तीय प्रतिवेदनको ‘गोल्ड अवार्ड’ बाट सम्मानित

आर्थिक वर्ष २०२२/२३ मा पनि नबिल बैंकले गोल्ड अवार्ड हात पारेका थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ४ गते १२:५५

काठमाडौं । नबिल बैंक लिमिटेड नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले वार्षिक रूपमा प्रदान गर्ने ‘उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड २०२४’ बाट सम्मानित भएको छ ।

आइक्यानले आर्थिक वर्ष २०२३/२४ मा प्रकाशित वार्षिक प्रतिवेदनका आधारमा संस्थाको वित्तीय पारदर्शिता, जवाफदेहिता र सुशासनका लागि बैंकिङ क्षेत्रमा अब्बल ठहर गर्दै उक्त अवार्ड प्रदान गरेको हो । आर्थिक वर्ष २०२२/२३ मा पनि नबिल बैंकले गोल्ड अवार्ड हात पारेका थियो ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा महालेखा परीक्षक तोयम रायाले नबिल बैंकका वित्त प्रमुख सन्दीपबाबु पौडेललाई अवार्ड हस्तान्तरण गरे ।

बैंकको उक्त पुरस्कृत वार्षिक प्रतिवेदन नेपालका तर्फबाट साउथ एसिया फेडेरेसन अफ एकाउन्टेन्टस् (साफा) ले दक्षिण एसियाली स्तरमा आयोजना गर्ने साफा बीपीए अवार्डका लागि समेत मनोनित हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?