+
+

वैज्ञानिकले बनाए हावामा उड्ने डुुङ्गा

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ३० गते १३:५८

काठमाडौं । डुुङ्गा भन्ने बित्तिकै पानीमा तैरिएर चल्ने साधन बुझिन्छ । तर अब पानीमा तैरिने मात्र होइन हावामा उड्ने डुुङ्गा पनि छिटै आउँदैछ ।

इटालीको एक कम्पनीले एउटा विशेष डुुङ्गा बनाउँदैछ जुन हावामा उड्नेछ । उक्त लक्जरी याच समुुद्रमा तैरिनुका साथै हावामा पनि उड्न सक्ने बताइएको छ ।

उक्त एयर याच (ब्ष्च थ्बतअज) को लम्बाई करीब ४९० फिट हुनेछ । साथै यसको चौडाई २६० फिट हुनेछ । सुख्खा कार्बन फाइबरबाट सो डुुङ्गाको निर्माण गरिएको छ । यो आकाशे डुुङ्गा प्रतिघण्टा ११२ किलोमिटरले गतिमा उडान भर्न सक्नेछ । यो डुुङ्गाको भित्री भागमा दुईवटा विशाल बेलुन, हल्का ब्याट्री तथा सोलार प्यानलबाट चल्ने आठवटा इन्जिन राखिएको छ । निर्माता कम्पनी लज्जरिनीका अनुसार यो डुंगा लगातार ४८ घण्टासम्म उड्न सक्दछ ।

यो आकाशे डुुङ्गामा सौर्यउर्जाबाट चल्ने ४ वटा विद्युुतीय प्रोपेलर राखिएको छ जसले उडान भर्नमा सहयोग गर्नेछन् । साथै डुुङ्गामा हिलियम भरिका बेलुनहरु पनि राखिएको छ जसका कारण यो हावा उड्न पनि सक्ने र पानीमा तैरिन पनि सक्दछ ।

हिलियम भरिएका बेलुनहरु हावाभन्दा हलुका हुन्छन् जसका कारण याच हावामा अडिन सक्दछ । त्यस्तै एलेक्ट्रिक प्रोपेलरले यसलाई उडेर गति प्रदान गर्नमा सहयोग गर्दछन् ।

सो बतासे नौका तयार गर्ने कम्पनीका अनुसार खासगरी आम सर्वसाधारणलाई भन्दा विलासी धनाढ्यहरुलाई लक्षित गरी त्यसको डिजाइन गरिएको छ । यो पूर्णरुपमा तयार गर्नका लागि करोडौँ रुपैयाँ खर्च हुनसक्छ ।

-एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?