+
+

टाइगर कप भलिबलमा महिलातर्फ आर्मी फाइनलमा

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ३० गते १४:३६

३० पुस,  पोखरा । त्रिभुवन आर्मी क्लब पोखरामा भइरहेको दोस्रो संस्करणको टाइगर कप आमन्त्रण महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको महिलातर्फ फाइनलमा प्रवेश गरेको छ ।

पोखरा रंगशालास्थित भलिबल ट्रेनिङ सेन्टरमा शुक्रबार भएको आफ्नो अन्तिम लिग खेलमा नेपाल पुलिस क्लबलाई ३-१ को सेटमा हराउँदै आर्मी उपाधि नजिक पुगेको हो ।

पहिलो सेट गुमाएपनि आर्मीले पुनरागमन गर्दै लगातार तीन सेट जितेको हो । आर्मीले पुलिसलाई २१-२५,२५-१८,२५-२१, २५-१३ ले हरायो ।

५ टोली सहभागी प्रतियोगितामा आर्मी पहिलो खेलमा न्यू डायमण्डसंग पराजित भएको थियो । तर त्यसपछि लगातार तीन खेल जितेको आर्मीले ४ खेलमा ९ अंक जोड्यो

आर्मीको उपाधिका लागि एपीएफ र न्यू डायमण्डमध्ये एकसँग खेल्नेछ । ४ खेलबाट एपीएफको ८ अंक छ भने न्यू डायमण्डको ७ अंक छ ।

शुक्रबारै भएको पहिलो खेलमा एपीएफले टाइगर ग्रुप पोखरालाई ३-१ को सेटमा हराएको थियो । एपीएफले टाइगरलाई २५-१४,२५-२०,२३-२५,२८-२६ ले हराएको हो ।

बिहीबार खराब प्रकाशका कारण चौथो सेट चलिरहँदा रोकिएको नेपाल पुलिस र न्यु डायमण्डको खेल शुक्रबार भएपछि फाइनल पुग्ने अर्को टोलीको टुङ्गो लाग्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?