+
+

टाइगर कप भलिबल : पुलिससंग न्यू डायमण्ड हार्दा एपीएफ फाइनलमा

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ३० गते १८:१७

३० पुस, पोखरा । विभागीय टोली एपीएफ टाइगर कप आमन्त्रण महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको महिलातर्फ फाइनलमा प्रवेश गरेको छ ।

राउण्ड रोविन लिगका आधारमा भइरहेको प्रतियोगितामा शुक्रबार न्यू डायमण्ड नेपाल पुलिस क्लबसंग सोझो सेटमा हारेपछि एपीएफ भाग्यमानी बन्दै फाइनल पुगेको हो ।

अघिल्लो दिन डायमण्डले २-१ को अग्रता लिएको अवस्थामा खराब प्रकाशका कारण रोकिएको खेल शुक्रबार हुँदा फरक नतिजा आयो ।

पोखरा रंगशालास्थित भलिबल कोर्टमा भएको खेलमा पुलिसले डायमण्डलाई २५-२०, २५-२०, २५-२३ ले हरायो ।

यस नतिजापछि एपीएफ ८ अंक जोड्दै दोस्रो स्थानमा रहेर फाइनल पुगेको हो । शुक्रबारै भएको पहिलो खेलमा पुलिसलाई हराउपछि आर्मी ४ खेलबाट ९ अंक जोडेर फाइनल पुगिसकेको छ ।

डायमण्ड ७ अंक जोड्दै तेस्रो स्थानमा रहेर बाहिरियो । दोस्रो जित हात पारेको पुलिस ६ अंक जोडेर चौथो भयो ।

राष्ट्रिय टिमकी कप्तान अरुणा शाहीको नेतृत्वमा पहिलो पटक प्रतियोगितामा खेलेको आयोजकको टिम टाइगर ग्रुप अफ पोखरा भने सबै चार खेलमा पराजित हुँदै अंकविहीन रह्यो ।

टाइगर ग्रुप अफ पोखराको आयोजनामा भइरहेको प्रतियोगिताको फाइनल शनिवार हुनेछ ।

जहाँ आर्मीको दुवै टोली फाइनल पुगेको छ । पुरुषतर्फ आर्मीले हेल्प नेपालसंग खेल्नेछ भने महिलातर्फ आर्मीले एपीएफसंग खेल्नेछ । दुवै विजेताले ३-३ लाख पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?