
गीतकार डा. कृष्णहरि बराल
२ माघ, काठमाडौं । वरिष्ठ गीतकार तथा समालोचक प्रा. डा. कृष्णहरि बराललाई सन् २०२१ को ‘प्रतिभा सम्मान’ प्रदान गरिने भएको छ । बेलायतस्थित नेपाली प्रतिभा प्रतिष्ठानले उक्त पुरस्कारबाट आफूलाई सम्मानित गर्ने निर्णय गरेको बरालले जानकारी दिए ।
यसैगरी प्रतिष्ठानले संगीतकार गणेश गुरुङलाई ‘प्रतिभा पुरस्कार’ प्रदान गर्ने भएको छ । बराललाई ५० हजार रुपैयाँ नगद र ताम्रपत्रसहित दोसल्ला ओढाएर ‘प्रतिभा सम्मान’ प्रदान गरिनेछ । यस्तै गुरुङलाई एक लाख रुपैयाँ नगद प्रदान गरिनेछ ।
लामो समयदेखि गीत लेखनमा सक्रिय प्रा. डा. बरालका थुप्रै गीत लोकप्रिय छन् । उनी समालोचनामा पनि उत्तिकै सक्रिय छन् ।
यसैगरी सयभन्दा बढी गीतमा संगीत सिर्जना र संयोजन गरेका गुरुङ संगीत प्रशिक्षक पनि हुन् ।
पुरस्कार आगामी चैतमा विशेष समारोहको आयोजना गरी हस्तान्तरण गरिने जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4