+
+

प्रचण्डको पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ३ गते ७:४९

३ माघ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कोरोना संक्रमणमुक्त भएका छन् । आइतबार बिहान गरिएको प्रचण्डको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको उनका स्वकीय सचिव रमेश मल्ले बताए ।

गत पुस २३ गते पीसीआर परीक्षण गर्दा प्रचण्डमा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसबेलादेखि प्रचण्ड घरमै आइसोलेसनमा बसेका थिए ।

प्रचण्डसँगै उनका स्वकीय सचिव मल्ललाई पनि कोरोना संक्रमण देखिएको थियो । मल्लले आफू पनि संक्रमण मुक्त भएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?