+
+

जोकोभिकले अष्ट्रेलिया छोडे, ग्राण्ड स्लाममा रेकर्ड बनाउने सपना तुहियो

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ३ गते १२:०६

३ माघ, काठमाडौं । अष्ट्रेलियाले स्टार टेनिस खेलाडी नोभाक जोकोभिकलाई देश निकाला गरेको छ । अष्ट्रेलियन ओपन टेनिसमा सहभागी हुन अष्ट्रेलिया पुगेका जोकोभिकले कोभिड-१९ को खोप नलगाएको भन्दै उनको भिसा रद्द गरी देशनिकाला गरिएको हो ।

आइतबार अष्ट्रेलियाको संघीय अदालतका तीन जना न्यायाधीशले जोकोभिकको भिसा रद्द गर्ने अध्यागमन मन्त्री एलेक्स हकको निर्णय सदर गरेसँगै उनलाई देशनिकाला गरिएको हो । भिसा रद्द गर्ने निर्णय सदर भएलगत्तै उनलाई स्कर्टिङ गरी मेलबर्नस्थित विमानस्थलमा लगिएको थियो ।

विमानस्थलबाट संयुक्त अरब इमिरेट्स जाने जहाजमा चढेका ३४ वर्षीय जोकोभिक सोमबार बिहान दुबइमा ओर्लिएको अलजजिराले जनाएको छ ।

अष्ट्रेलिया छोड्नुपूर्व जोकोभिकले अदालतको निर्णयबाट आफू निकै निराश भएको तर उक्त निर्णयलाई सम्मान गर्ने बताएका थिए । ‘म अष्ट्रेलियामा रहेर अष्ट्रेलियन ओपनमा सहभागी हुन सक्दिनँ,’ उनले एक विज्ञप्तिमा भनेका थिए ।

‘गत हप्ता मलाई जोड दिइएको कुराबाट मैले असजह महसुस गरेको छु’ जोकोभिकले थपे, ‘अब हामी सबैले मैले माया गर्ने खेल र प्रतियोगितामाथि जोड दिने छौं भन्ने आशा गरेको छु ।’

खोप नलगाएका कारण अष्ट्रेलियन ओपन खेल्न नपाएपछि २१ औं पटक ग्रान्ड स्लाम जितेर रेकर्ड बनाउने जोकोभिकको सपनासमेत चकनाचुर भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?