+
+

जावलाखेललाई हराउँदै एनआरटी छैटौं स्थानमा

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ३ गते १५:५६

३ माघ, काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिगमा साेमबार भएकाे एक मात्र खेलमा एनआरटीले जावलाखेल युथ क्लबलाई २-० ले पराजित गरेकाे छ ।

दशरथ रंगशालामा भएकाे खेलको दोस्रो हाफमा एनआरटीका लागि दुवै गाेल दर्शन गुरुङले गरेका थिए  ।

पहिलो हाफमा गोलरहित बराबरी भएको खेलको ६८ औं मिनेटमा दर्शनले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । दर्शनले ७३ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेका थिए ।

जितपछि ९ खेलबाट १३ अंक जाेडेकाे एनआरटी छैटौं स्थानमा उक्लिएको छ । जावलाखेल भने ९ खेलबाट ८ अंकसहित दशौं स्थानमा छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?