+
+

एमालेको आन्तरिक सर्कुलर : २५ जना बढी सहभागी हुने सबै कार्यक्रम रोक्नू

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ३ गते १७:३३

३ माघ, काडमाडौं । प्रमुख विपक्षी नेकपा एमालेले २५ जना बढीको सहभागी हुने सबै कार्यक्रम रोक्न आन्तरिक सर्कुलर गरेको छ ।

पार्टी केन्द्रीय कार्यालयले सोमबार आन्तरिक सर्कुलर जारी गर्दै कोभिड–१९ को बढ्दो संक्रमणलाई ध्यानमा राख्दै पार्टी तथा जनसंगठनका २५ जनाभन्दा बढी सहभागिता रहने सबै कार्यक्रमहरू स्थगित गर्न निर्देशन दिएको हो ।

आवश्यक सतर्कता अपनाउँदै जनताको सेवामा जुट्न पनि एमालेले पार्टीका सबै कमिटी, नेता–कार्यकर्ता र जनप्रतिनिधिहरुलाई भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?