+
+

मधेश प्रदेशमा भोलि सार्वजनिक बिदा

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ३ गते १९:३२

३ माघ, जनकपुरधाम । मधेश प्रदेशमा भोलि सार्वजनिक बिदा घोषणा गरिएको छ ।

नाम मधेश र राजधानी जनकपुरधाम तय भएपछि प्रदेश सरकारले मंगलबार सार्वजनिक बिदा दिने भएको हो ।

मधेश प्रदेश सरकारका प्रबक्ता समेत रहेका अर्थ मन्त्री शैलेन्द्र साहले मंगलबार प्रदेशमा बिदा दिइने बताए । नाम र राजधानी तय भएपछि खुशियालीमा बिदा दिइएको उनको भनाइ छ ।

प्रदेश सभामा सोमबारै भएको मतदानले प्रदेशको नाम मधेश र स्थायी राजधानी जनकपुरधाम तोकिएको छ । नाम मधेशको पक्षमा ८० र राजधानी जनकपुधरामको पक्षमा ७८ जना सांसदले मतदान गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?