+
+

दाङमा ८८ प्रतिशतले लगाए पहिलो डोज खोप

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ४ गते २०:२१

४ माघ, दाङ । दाङमा ८८ प्रतिशतले कोभिड-१९ विरुद्धको पहिलो डोज खोप लगाएका छन् । स्वास्थ्य कार्यालय दाङका अनुसार ४ लाख २३ हजार ५ सय ७३ जनालाई खोप लगाउने लक्ष्य थियो । जसमध्ये ८८ प्रतिशतले पहिलो डोज खोप लगाइसकेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

स्वास्थ्य कार्यालय दाङका प्रमुख अंगदबहादुर शाहीका अनुसार पहिलो डोज खोप ८८ र दोस्रो डोज खोप ६३ प्रतिशतले लगाएका छन् । जिल्लामा ३ लाख ५० हजार ५ सय जनाले पहिलो मात्राको खोप लगाएका छन् भने २ लाख ६७ हजार ६ सयले दोश्रो मात्राको खोप लगाएका छन् ।

त्यस्तै १२ देखि १७ वर्ष उमेर समूहका २२ हजार चार सय बढी बालबालिकाले खोप लगाएका छन् । पहिलो चरणमा घोराही उपमहानगरपालिका अन्तर्गतका बालबालिकाहरुलाई खोप मात्रै लगाइएको शाहीले जानकारी दिए । बाँकी खोप प्राप्त भए लगतै जिल्लाका सबै स्थानीय तहका बालबालिकाहरुलाई खोप लगाइने प्रमुख शाहीले बताए ।

कोडिभ संक्रमणको दर बढीरहँदा जिल्लामा खोप अभियान तीव्र पारिएको उनले बताए । ‘पहिलो डोज लगाएर दोस्रो डोज लगाउन छुटेकाहरुलाई खोप लगाइरहेका छौं,’ उनले भने, ‘अहिले पनि खोप लगाउनेक्रम जारी छ ।’

बुस्टर डोज लगाउन सुरु

जिल्लामा कोभिड–१९ विरुद्धको बुस्टर डोजको खोप मंगलबारदेखि लगाउन शुरु गरिएको छ । सरकारले २ गतेबाट बुस्टर डोज लगाउन भनिए पनि जिल्लामा भने मंगलबारबाट फ्रान्टलाइनमा खटिएकाहरुलाई बुस्टर लगाउन शुरु गरिएको हो ।

पहिलो दिन २ सय ४० बढी सुरक्षाकर्मीहरुलाई बुस्टर डोज खोपको लगाएर सांकेतिक रुपमा शुरुआत गरिएको स्वास्थ्य कार्यालय दाङले जनाएको छ ।

बुस्टर डोज खोप पहिलो चरणमा १४ गतेसम्म अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी तथा कर्मचारी, सुरक्षाकर्मी, सरसफाइकर्मी, एम्बुलेन्स तथा शवबाहन चालक, महिला स्वयंसेवक र सञ्चारकर्मी लगायतलाई दिइने छ भने माघ १४ गतेपछि ६० वर्षमाथिका ज्येष्ठ नागरिकहरुलाई दिइने शाहीले जानकारी दिए ।

जिल्लामा उपलब्ध भएको खोपका आधारमा ५० हजार बढीलाई बुस्टर डोज लगाउने लक्ष्य रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?