+
+

मनकामना मन्दिर प्रवेशमा भक्तजनलाई रोक

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ४ गते २०:४१

४ माघ, गोरखा । गोरखाको धार्मिक स्थल मनकामना मन्दिर प्रवेशमा भक्तजनहरुलाई रोक लगाइने भएको छ । मनकामना क्षेत्र विकास समितिको मंगलबार बसेको बैठकले बढ्दो कोरोना संक्रमणलाई मध्यनजर गर्दै माघ ६ गतेबाट भक्तजनलाई प्रवेश गर्न नदिने निर्णय गरेको हो ।

यो अवधिमा लाखवत्ती वाल्ने, बली पूजा गर्ने लगायतका धार्मिक कार्यहरु समेत नहुने कार्यकारी निर्देशक लेविन्द्र गुरुङले बताए । उनले भने, ‘त्यसलाई पालना गर्दै माघ मसान्तसम्म मन्दिर बन्द गर्ने निर्णय गरेका हौं ।’

नित्यपूजा बाहेकका सवै धार्मिक गतिविधि बन्द हुने भएकाले मन्दिर नआउन समितिले भक्तजनलाई आग्रह समेत गरेको छ । ‘लकडाउन नभएकाले भक्तजनहरु आउन सक्लान, तर मन्दिरभित्र जान पाउँदैनन्,’ उनले भने ।

यस्तै गोरखा दरबारमा पनि भक्तजनहरुलाइ प्रवेशमा रोक लगाइने भएको छ । भोलि वुधबारबाट भक्तजनहरुले मन्दिरभित्र पसेर पूजाआजा गर्न नपाउने गोरखा दरवार हेरचाह अड्डाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?