+
+

भारतको लडाकु पानीजहाजमा विष्फोट, ३ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ५ गते ८:१५

५ माघ, काठमाडौं । भारतको मुम्बईमा लडाकु पानीजहाजमा विष्फोट हुँदा तीन जनाको मृत्यु भएको छ । ११ जना घाइते भएका छन् ।

‘आईएनएस रणवीर’ नाम दिइएको युद्धपोतमा मंगलबार विष्फोट हुँदा नौसेनाका तीन जनाको मृत्यु भएको समाचार एजेन्सी एएनआईले जनाएको छ ।

जहाजका चालक दलले स्थितिलाई तुरुन्तै सम्हालेर थप क्षति हुन नदिएको नौसेनाका अधिकारीहरुलाई उद्धृत गर्दै भारतीय मिडियाले उल्लेख गरेका छन् ।

भारतीय नौसेनाको ज्यान जाने गरी भएको यो विष्फोटको घटनाको छानविन चलिरहेको छ ।

आईएनएस रणवीर युद्धपोतलाई भारतले सन् १९८६ को अक्टुबर २८ तारिखदेखि भारतीय नौसेनामा सामेल गरेको थियो । यो युद्धपोत अत्याधुनिक हतियार र सेन्सर जडित छ । यसबाट सतहबाट सतहमा र हावामा पनि मार हान्न मिल्ने मिसाइल जडान गरिएको छ । मिसाइल रोधी हतियार र पनडुब्बु रोधी रकेट लन्चर पनि जडान गरिएको छ ।

यसअघि सन् २०२१ को अक्टुबर २३ तारिखमा भारतीय नौसेनाको रणविजय युद्धपोतमा आगलागी हुँदा चार जना घाइते भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?