+
+

चलचित्र क्षेत्रमा फर्किने प्रियंकाको तयारी, शरीरको तौल घटाउँदै

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ५ गते १२:३८

५ माघ, काठमाडौं । केही वर्षअघिसम्म नम्बर एक नायिका भनिने अभिनेत्री प्रियंका कार्कीको चर्चा अहिले सेलाएको छ । गसिप बजारमा विभिन्न फण्डाका कारण चर्चामा रहिरहने प्रियंका आमा बनेपछि छोरीलाई नै समय दिइरहेकी छन् ।

छोरीलाई जन्म दिनुअघिसम्म पनि मिडियामा लाइमलाइटमा नै रहेकी  प्रियंकाको हिजोआज सन्तानको हेरचाहमा नै दिन बितिरहेको छ । प्रियंका अब भने कला क्षेत्रमा फर्किने तयारीमा लागेकी छन् ।

हुन त, उनीपछि चलचित्र क्षेत्रमा नयाँ पुस्ताका अभिनेत्रीहरुको वर्चस्व रहेकाले प्रियंकाले आफ्नो पुरानै स्टारडम फर्काउन सफल हुन्छिन् वा हुँदिनन् भन्ने कुरा भोलि थाहा होला नै ।

चलचित्रमा फर्किने तयारी स्वरुप प्रियंका अहिले आफ्नो तौल घटाइरहेकी छन् । यस बीचमा आफूले साढे पाँच केजी तौल घटाइसकेको उनले आफ्नो इन्स्टाग्राम स्टोरीमा उल्लेख गरेकी छन् ।

कुनै समय प्रियंका आफूलाई फिट राख्न खानेकुरा निक्कै कम खान्थिन् । कैयौं पटक उनी चलचित्रको सेटमा बेहोस समेत भएकी थिइन् । छोरीलाई जन्म दिएपछि मोटाएकी प्रियंका अब पुरानै अवस्थामा फर्किने दौडमा लागेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?