+
+

आसिफ पीएम कपको उत्कृष्ट खेलाडी

कुशल उत्कृष्ट ब्याटर र अनिल उत्कृष्ट बलर घोषित

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ५ गते १४:०८

५ माघ, काठमाडौं । च्याम्पियन टोली एपीएफ क्लबका ओपनर आसिफ शेख प्रधानमन्त्री कप पुरुष टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उत्कृष्ट खेलाडी बनेका छन् ।

एपीएफलाई उपाधि जिताउने क्रममा महत्वपूर्ण भूमिका खेलेका आसिफ उत्कृष्ट बनेका हुन् । उनले प्रतियोगितामा कुल ६ खेल खेल्दै सर्वाधिक २२७ रन बनाए । जसमा २ अर्धशतकसमेत सामेल थियो ।

आसिफले प्रतियोगितामा सर्वाधिक १४ छक्का प्रहार गरेका थिए । यस्तै एपीएफकै ओपनिङ जोडी प्रदीप ऐरी र उनले सर्वाधिक २४-२४ चौका प्रहार गरेका थिए ।

उत्कृष्ट खेलाडी वापत आसिफले नगद ३० हजार नगद प्राप्त गरे ।

यस्तै नेपाल पुलिस क्लबका कुशल भुर्तेल उत्कृष्ट ब्याट्सम्यान र लुम्बिनी प्रदेशका युवा स्पीनर अनिल खरेल उत्कृष्ट बलर घोषित भएका छन् ।

समूह चरणमा गरेको प्रदर्शनका आधारमा यो अवार्ड दिइएको हो । अस्वस्थ भएपछि सेमिफाइनल र फाइनल गुमाएका पुलिसका कुशल भुर्तेलले समूहको चार खेलमा एक अर्धशतकसहित १८२ रन बनाएका थिए ।

यस्तै लुम्बिनीका अनिलले समूहको चार खेलबाट १० विकेट लिएका थिए । उनले प्रदेश २ विरुद्ध ५ र गण्डकीविरुद्ध चार विकेट लिएका थिए ।

कुशल र अनिल दुवैले समान २० हजार प्राप्त गरे ।

बुधबार टीयू मैदानमा भएको फाइनलमा एपीएफले पुलिसलाई २१ रनले पराजित गर्दै प्रधानमन्त्री कप पुरुष टी२० प्रतियोगिताको उपाधिसहित नगद ५ लाख प्राप्त गरेको छ । पुलिसले भने ३ लाख प्राप्त गर्‍यो । यस्तै सेमिफाइनल पुगेका त्रिभुवन आर्मी क्लब र बागमती प्रदेशले समान ५० हजार प्राप्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?