५ माघ, काठमाडौं । मास्क नलगाई सार्वजनिक स्थानमा हिँड्डुल गर्नेहरुलाई १०० रुपैयाँ जरिवाना गराउन थालिएको छ ।
जिल्ला प्रशासन कार्यालय, काठमाडौंको टोलीले बुधबारसुन्धारा र कलंकी क्षेत्रमा सार्वजनिक स्थानमा हिँड्डुल गर्ने तथा किनमेलका लागि मास्क नलगाई आएकाहरुलाई जनही १०० रुपैयाँका दरले जरिवााना तिराएको हो । सहायक प्रमुख जिल्ला अधिकारी अनुप केसीले भने, ‘बजार एरियामा, सार्वजनिक क्षेत्रमा हिँडडुल गर्ने सर्वसाधारणलाई मास्क अनिवार्य गर्ने सम्बन्धमा एक किसिमको कारबाही गरिएको हो ।’
टोलीले सुन्धारास्थित सिटिसी मल र सिभिल मल तथा कलंकीको भाटभटेनी सुपरमार्केटको पनि अनुगमन गरेको छ । उनका अनुसार मल र सुपरमार्केटलाई २५ जनाबढी भेला नगर्न नगराउन सचेत गराइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4