
५ माघ, काठमाडौं । आइसीसी टी-२० टिम अफ दि इअरका पाकिस्तान र दक्षिण अफ्रिकाका सर्वाधिक ३ खेलाडी समावेश भएका छन् ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले बुधबार पाकिस्तानका कप्तान बाबर अजामको कप्तानीमा ‘आइसीसी टी२० टिम अफ दि इयर’ सार्वजनिक गरेको छ ।
जसमा पाकिस्तानबाट बाबरसंगै मोहम्मद रिजवान र शाहिन शाह अफ्रिदी परेका छन् । यस्तै दक्षिण अफ्रिकाबाट एइडन माक्रम, डेभिड मिल्ल र ताब्रेज शाम्सी छन् ।
अष्ट्रेलियाबाट मिचेल मार्श र जोस हाजलउड समावेश छन् । इंग्लयाण्डबाट जोस बटलर, श्रीलंकाबाट वानिन्दु हसरंगा र बंगलादेशबाट मुस्ताफिजुर रहमान अटाएका छन् । भारत भने कुनै खेलाडी समावेश भएका छैनन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4