+
+

सब्सिच्युट गर्दा रिसाए रोनाल्डो, प्रशिक्षक भन्छन्- भिल्लापार्कको गल्ती दोहोर्‍याउन चाहन्नँ

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ६ गते ९:१४

६ माघ, काठमाडौं । इंग्लिस प्रिमियर लिगमा म्यानेष्टर युनाइटेडले ब्रेन्टफोर्डलाई ३-१ गोल अन्तरले पराजित गर्‍यो । तर सब्सिच्युट गर्दा स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले देखाएको असन्तुष्टिले क्लबको जितलाई छायामा पारेको छ ।

ब्रेन्टफोर्डको घरेलु मैदानमा भएको खेलमा म्यानचेष्टर युनाइटेड २-० को अग्रतामा थियो । तर अन्तरिम प्रशिक्षक राल्फा रंगनिकले स्ट्राइकर रोनाल्डो र मार्कस रासफोर्डलाई सब्सिच्युट गरे । रोनाल्डोको स्थानमा डिफेण्डर हृयारी मगुइर र रासफोर्डको स्थानमा मिडफिण्डर मेसन ग्रिनउडलाई मैदान प्रवेश गराए ।

मैदान छाडेर बेञ्चमा आउने क्रममा रोनाल्डोले सब्सिच्युट हुनु परेकोमा असन्तुष्टि पोखे । ज्याकेट बेञ्चमा फालेका उनी बारम्बार केही बोलिरहेको थिए ।

क्लबका अन्तरिम प्रशिक्षकले भने रोनाल्डोको असन्तुष्टिलाई सामान्य रुपमा लिने बताएका छन् । उनले बीबीसीसँग भनेका छन्, उनी खुसी छैनन्, तर उनी भर्खर चोटमुक्त भएर आएका हुन् । उनलाई आजको खेलमा टिममा राख्न पाउँदा नै म खुसी छ, खासगरी इडिन्सन काभानीले अभ्यास नै गर्न नपाएको अवस्थामा ।’

उनका अनुसार यो निर्णय शनिबार २-० को अग्रता लिएर पनि एस्टनभिल्लासँग बराबरीमा चित्त बुझाउनु परेको अवस्थाबाट पनि प्रेरित थियो । रंगनिक भन्छन्, मैले उन (रोनाल्डो)लाई भनेँ कि हामी २-० को अग्रतामा छौं र हामीले भिल्ला पार्कबाट शिक्षा लिनुपर्छ । त्यो खेलमा किन पछाडिको पाँच जना परिवर्तन गरिनँ भनेर मलाई आफैंप्रति रिस उठेको थियो ।’

‘आज हामी त्यही अवस्था थियौं र म फेरि त्यही गल्ती दोहोर्‍याउन चाहन्नँ । मैले भनेँ, सुन रोनाल्डो, तिमी ३६ वर्षको भयौं र राम्रो फर्ममा छौं । तर जब तिमी मुख्य प्रशिक्षक हुन्छौं, तिमीले मुख्य प्रशिक्षककै चश्माले हेर्नुपर्छ ।’

आफ्नो काम क्लबको हितमा निर्णय लिने भएको र रोनाल्डोले पनि त्यसरी नै लिने उनको विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?