+
+

यसरी लक गर्नुहोस् आफ्नो फेसबुक प्रोफाइल

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ७ गते ७:२८

काठमाडौं । आफ्नो प्रोफाइल लक गरेर फेसबुक अकाउन्टको गोपनीयता बढाउन चाहनुहुन्छ ? यदि तपाईंले आफ्नो प्रोफाइल लक गर्नुभयो भने तपाईंको फेसबुक साथी नभएका मानिसहरुले तपाईंको प्रोफाइलको सीमित कुरा मात्रै देख्न पाउँछन् ।

प्रोफाइल लक गरिसकेपछि तपाईंको फेसबुक टाइमलाइनका फोटा तथा पोस्टहरु, प्रोफाइल पिक्चर तथा कभर फोटो, स्टोरिज तथा नयाँ पोस्टहरु केबल तपाईंको फेसबुक साथीले मात्रै देख्न पाउँछन् । र, तपाईंले फेसबुकमा गर्ने पब्लिक पोस्टहरु पनि पूर्णरुपमा सार्वजनिक नभई केवल फेसबुक फ्रेण्डहरुले मात्र देख्न पाउँछन् ।

यदि तपाईंले आफ्नो फेसबुकलाई माथि उल्लेख गरिएअनुसार गोप्य राख्न चाहनुहुन्छ र केवल आफ्ना साथीहरुमाझ मात्रै आफूलाई प्रदर्शन गर्न चाहनुहुन्छ भने प्रोफाइल लक गर्नु उपयुक्त विकल्प हो ।

तपाईंले मोबाइल एप र ब्राउजर दुबैबाट फेसबुक प्रोफाइल लक गर्न सक्नुहुन्छ । तर फेसबुकको डेस्कटप भर्सनमा भने प्रोफाइल लक गर्ने अप्सन छैन । मोबाइल एपमध्ये पनि एन्ड्रोइड एपमा मात्र प्रोफाइल लक गर्ने सुविधा प्राप्त छ ।

तपाईंले आफ्नो फेसबुक प्रोफाइल लक यसरी गर्न सक्नुहुन्छ-

एन्ड्रोइड मोबाइल एपबाट फेसबुक प्रोफाइल लक गर्नका लागि

  • फेसबुक एप खोलेर आफ्नो प्रोफाइलमा ट्याप गर्नुहोस्
  • Add to Story मेन्युको छेउँमा रहेको तिनवटा थोप्लायुक्त आइकनमा थिच्नुहोस्
  • त्यहाँ Lock Profile नामक अप्सन देखा पर्दछ, त्यसमा थिच्नुहोस्
  • अर्को पेज प्रोफाइल लक फिचरले कसरी काम गर्दछ ? भन्ने विवरण सहित
  • पिँधमा Lock Your Profile अप्सन देखिन्छ, त्यसमा ट्याप गर्नुहोस्
  • त्यसपछि You Locked Your Profile को पपअप देखा पर्दछ, जसमा क्लिक गर्नुहोस् ।

डेस्कटपबाट कसरी प्रोफाइल लक गर्ने ?

फेसबुकको प्रोफाइल लक फिचर डेस्कटप ब्राउजरमा उपलब्ध छैन । तर यसका लागि एउटा घुमाउरो काइदा अपनाउन सकिन्छ ।

  • ब्राउजर खोलेर www.facebook.com लगअन गर्नुहोस्
  • युआरएलमा प्रोफाइल आइकनमा क्लिक गरी www लाई हटाएर m टाइप गर्नुहोस्।
  • त्यसपछि फेसबुकको युआरएलमा  m.facebook.com/yourprofilename आउनेछ । यो भनेको डेस्कटप ब्राउजरमा पनि मोबाइल भर्सनको फेसबुक चलाउनु हो ।
  • जहाँ तपाईंले Edit Profile अप्सनमा तीनवटा थोप्ला भएको मेन्यू देख्न सक्नुहुन्छ ।
  • उक्त तीनवटा थोप्ला भएको मेन्यूमा रहेको Lock Profile अप्सनमा क्लिक गर्नुहोस् ।
  • एन्ड्रोइड भर्सनमा जस्तै प्रोफाइल लकका विषयमा केही जानकारीहरुसँगै Lock Your Profile नामक अप्सन देखा पर्दछ, जसमा क्लिक गर्नुपर्दछ ।
  • यति गरिसकेपछि तपाईंको फेसबुक प्रोफाइल लक हुन्छ ।

    यदि तपाईंले लक गरिएको आफ्नो फेसबुक प्रोफाइल खोल्न अर्थात् अनलक गर्न चाहनुहुन्छ भने मोबाइल एप र डेस्कटपका लागि प्रक्रिया एउटै हो । माथि उल्लेख गरिए अनुसार Lock Profile अप्सनको साटो Unlock Profile अप्सन देखिन्छ, र त्यसमा रहेको Unlock मा थिचेर वा क्लिक गरेर आफ्नो फेसबुक प्रोफाइल अनलक गर्न सकिन्छ ।

–एजेन्सीको सहयोगमा 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?