+
+
काराबाओ कप :

लिभरपुल फाइनलमा, उपाधिका लागि चेल्सीसँग खेल्ने

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ७ गते १०:१४

७ माघ, काठमाडौं । डिएगो जोटाले दुई गोल गरेपछि आर्सनललाई २-० ले पराजित गर्दै लिभरपुल इंग्लिस लिग कप (काराबाओ) को फाइनलमा प्रवेश गरेको छ ।

घरेलु मैदानमा भएको पहिलो लेग गोलरहित बराबरीमा सकिएको थियो । बिहीबार राति आर्सनलको मैदानमा भएको खेल जितपछि समग्रमा २-० को जितसहित लिभरपुल फाइनल पुगेको हो । लिभरपुलले अब उपाधिका लागि फेब्रुअरी २७ मा चेल्सीसँग वेम्बलीमा फाइनल खेल्नेछ ।

लिभरपुलको जितमा जोटाले खेलको दुवै हाफमा गोल गरे । अफ्रिकन अफ नेसन्स खेल्न गएकाले मोहम्मद सालाह र साडियो माने टिममा नभए पनि पोर्चुगलका जोटाले उत्कृष्ट प्रदर्शन गरे । जोटाले १९औं र ७७औं मिनेटमा गोल गरे  । दुवै गोलका लागि ट्रेन्ट अलेक्जान्डर आर्नोल्डले सहयोग गरे ।

खेलको ९० औं मिनेटमा आर्सनलका थोमस पार्टे रातो (दोहोरो पहेँलो)कार्ड पाउँदै मैदान बाहिरिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?