+
+

टी-२० विश्वकप : अष्ट्रेलियाले पहिलो खेल न्यजुजिल्याण्डसँग खेल्ने

भारत र पाकिस्तान एउटै समूहमा

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ७ गते १२:३९

७ माघ, काठमाडौँ। आगामी अक्टोबर-नोभेम्बरमा घरेलु मैदानमा हुने आईसीसी टी-२०विश्वकपकमा न्युजिल्याण्डसँग खेल्दै अष्ट्रेलियाले उपाधि रक्षा अभियान थाल्ने भएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले सार्वजनिक गरेको खेलतालिका अनुसार अष्ट्रेलिया र न्युजिल्याण्ड सुपर १२ को एउटै समूहमा परेका छन् ।

टी-२०विश्वकप अष्ट्रेलियामा अक्टोबर १६ देखि नोभेम्बर १३ तारिखसम्म हुनेछ । त्यसमा सुपर १२ का खेलहरु अक्टोबर २२ देखि हुनेछ ।

अष्ट्रेलिया र न्युजिल्याण्डबीचको खेल अक्टोबर २२ मा सिड्नी क्रिकेट ग्राउण्डमा हुनेछ ।

सुपर १२ को समूह ए मा अष्ट्रेलिया र न्युजिल्याण्डसँगै इंग्ल्याण्ड, अफगानिस्तान र पहिलो चरणबाट आउने २ टिम हुनेछन् ।

यस्तै सुपर १२ को समूह बी मा भारत र पाकिस्तानसहित दक्षिण अफ्रिका र बंगलादेश छन् । बाँकी दुई टिम पहिलो चरणबाट आउनेछन् ।

भारत र पाकिस्तानबीचको खेल अक्टोबर २३ मा मेलवर्न मैदानमा हुनेछ ।

यस्तै पहिलो चरणको समूह ए मा श्रीलंका र नामिबिया छन् । पहिलो चरण अन्तर्गत श्रीलंका र नामिवियाबीचको खेल अक्टोबर १६ मा गिलोङस्थित कार्डिनिया पार्क स्टेडियममा हुनेछ ।

यस समूहमा ग्लोबल क्वालिफायरबाट छनोट भएर बउने दुई टिम रहनेछन् । अर्को समूहमा स्कटल्याण्ड र वेष्ट इन्डिज छन् भने ग्लोबल क्वालिफायरबाट आउने दुई टिम रहनेछन् ।

अष्ट्रेलियामा हुने विश्वकपका लागि ओमान र जिम्बाव्वेमा ग्लोबल क्वालिफायर हुनेछ र दुवै देशमा हुने प्रतियोगिताबाट २-२ टिम विश्वकप छनोट हुनेछन । नेपालले आगामी फेब्रुअरीमा ओमानमा ग्लोबल क्वालिफायर खेल्दैछ ।

टी-२०विश्वकपको पहिलो सेमिफाइनल सिड्नी क्रिकेट ग्राउन्डमा नोभेम्बर ९ र दोस्रो सेमिफाइनल एडिलेड ओभलमा नोभेम्बर १० तारिखमा हुनेछ ।

फाइनल खेल मेलवर्न क्रिकेट ग्राउन्डमा नोभेम्बर १३ मा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?