+
+

‘ए मेरो हजुर ४’को टिजरमा अनमोललाई ‘मेघास्टार’को ट्याग किन दिइएन ?

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ७ गते १३:४८
अनमोल र सुहाना । फाइल तस्वीर

७ माघ, काठमाडौं । चलचित्र ‘ए मेरो हजुर ३’को टिजरमा अभिनेता अनमोल केसीलाई ‘मेघास्टार’ भनेर लेखिएको थियो । अनमोललाई यो ट्याग चलचित्रमा नै दिइएपछि चर्चा पनि खुबै भयो ।

‘ए मेरो हजुर ३’मा अनमोलले ‘मेघास्टार’को ट्याग पाएपछि उनलाई फ्यानले यही नामले सम्बोधन गर्न थाले । तर, ‘ए मेरो हजुर ४’को टिजरमा भने निर्माणपक्षले अनमोललाई ‘मेघास्टार’ भनेर लेखेन । जबकि, चलचित्र ‘ए मेरो हजुर ३’ अनमोलको करिअरकै अहिलेसम्मकै सर्वाधिक ग्रस कलेक्सन गर्ने चलचित्र हो ।

चलचित्र ब्लकबस्टर भइसकेपछि अनमोललाई ‘मेघास्टार’को ट्याग दिन किन निर्माता सुनिलकुमार थापा र निर्देशक झरना थापाले आनाकानी गरे भन्ने प्रश्न पनि चलचित्र बजारमा चल्ने गरेको छ ।

बुझिएअनुसार पछिल्लो समयमा विभिन्न कलाकारलाई दिइएको ट्यागमा विवाद छ । अभिनेता राजेश हमाललाई दिइएको ‘महानायक’को ट्याग, पल शाहलाई दिइएको ‘रियल हिरो’को ट्यागदेखि अभिनेत्री करिश्मा मानन्धरलाई दिइएको ‘महानायिका’को ट्यागमा धेरै विवाद भइरहेको छ । यसैले ‘ए मेरो हजुर ४’को टिमले यस्तो विवाद नहोस् भन्ने सोचेर यसपटक अनमोलको नामको अगाडि ‘मेघास्टार’ नजोडेको बताइएको छ ।

अनमोल आफैंले पनि ‘मेघास्टार’ भनेर स्वीकार गरेका छैनन् । बरु दर्शकले जे नाम दिएपनि आफूलाई स्वीकार्य हुने उनी बताउँछन् । चलचित्रको रिलिजको समयमा अन्य विषयमा विवाद नहोस् भन्ने सोचेरै मेकरले यो निर्णय गरेको बुझिएको छ ।

वैशाख १ गतेबाट रिलिज हुने यो चलचित्रमा अनमोल केसी, सुहाना थापा, सलोन बस्नेत लगायतका कलाकारको मुख्य भूमिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?