
८ माघ, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को २० जिल्ला क्रिकेट संघको निर्वाचन सम्पन्न भएको छ ।
क्यानको ३९ जिल्ला संघ सदस्य रहेकोले चार वर्षे कार्यकाल पूरा गरिसकेको २० जिल्लाको निर्वाचन भएको छ । क्यानले शनिबार २० जिल्लामा नयाँ नेतृत्व चयन भएको जनाएको छ ।
क्यानले विधान २०५५ (तेस्रो संशोधन २०७५) अनुसार २० जिल्ला क्रिकेट संघको वार्षिक साधारण सभा तथा जिल्ला अधिबेशन भएको जनाएको छ ।
क्यानको साधारणसभा अघि चार वर्षे कार्यकाल पूरा भएका जिल्लाको निर्वाचन गरिएको हो ।
यस अघि क्यानको बोर्ड बैठकले पुस १४ र १५ गते धनगढीमा साधारण सभा गर्ने निर्णय गरे पनि कार्यकाल सकिएको जिल्लाको निर्वाचन गर्न बाँकी रहेकोले क्यानले साधारण सभा स्थगित गरेको थियो ।
कुन जिल्लामा को अध्यक्ष ?
१. सुनसरी, अध्यक्ष – चेतनाथ पौडेल
२. सिराहा, अध्यक्ष – सुनिल कुमार महासेठ
३. सर्लाही, अध्यक्ष – माधव कर्माचार्य
४. रौतहट, अध्यक्ष – पवन साह
५. बारा, अध्यक्ष – प्रभात कुमार चौरसिया
६. धनुषा, अध्यक्ष – शोभाकान्त पाण्डे
७. कास्की, अध्यक्ष – सञ्जयकान्त सिग्देल
८. नवलपुर, अध्यक्ष – धामनाथ सापकोटा
९. बर्दिया, अध्यक्ष – विनयराज भण्डारी
१०. बाँके, अध्यक्ष – सरोबर प्रसाईँ
११. कपिलवस्तु, अध्यक्ष – प्रकाश गैरे
१२. पाल्पा, अध्यक्ष – राजेश श्रेष्ठ
१३. रुपन्देही, अध्यक्ष – हरि बहादुर थापा
१४. नवलपरासी, अध्यक्ष – कृष्ण प्रसाद श्रेष्ठ
१५. सुर्खेत, अध्यक्ष – श्रीधर के सी
१६. डडेलधुरा, अध्यक्ष – हरि प्रसाद उप्रेती
१७. अछाम, अध्यक्ष – अनिल कुवर
१८. कञ्चनपुर, अध्यक्ष – वीरेन्द्र बहादुर चन्द
१९. बैतडी, अध्यक्ष – विनोद बहादुर चन्द
२०. बझाङ, अध्यक्ष – प्रविन्द्र बहादुर धामी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4