+
+

एक सयभन्दा बढी ‘टेड टक’ आयोजना हुने

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ६ गते २२:५१

काठमाडौं । टेडेक्स दरबारमार्गले मे २०२२ मा एक सयभन्दा बढी ‘टेड टक’ आयोजना गर्ने भएको छ । कार्यक्रममा फरकफरक पृष्ठभूमि र फरकफरक विषयमा ६ जना वक्ता सहभागी हुने टेडेक्स दरबार मार्गले जनाएको छ । त्यसमध्ये २ जना अन्तर्राष्ट्रिय वक्ता हुने बताइएको छ ।

‘टेड टक’मा सहभागी वक्ताले आफ्नो सफलताको कथा, आफूले गर्ने काम र त्यसले संसार र समाजलाई सकारात्मक ढंगले परिवर्तन गर्न कस्तो भूमिका खेलिरहेको हुन्छ भन्ने विषयमा चर्चा गर्ने छन् ।

छोटो, सावधानीपूर्वक तयार गरिएको र शक्तिशाली भाषणहरूमार्फत विचारहरू फैलाउने ‘टेड टक’को मिशन रहेको छ । जसले विषयहरूको विस्तृत दायरालाई समेट्छ । संसारका सबैभन्दा नवीन र प्रभावशाली वक्ताहरूबाट सिकाइ, प्रेरणा र आश्चर्यलाई बढावा दिन ‘टेड टक’को महत्वपूर्ण भूमिका रहने गरेको छ ।

TED.com र YouTube लगायत अन्य अनलाइन च्यानलहरूमा TED सामग्रीहरू मार्फत विचारहरू सबैसमक्ष पुर्‍याउनका लागि संसारमा सबैभन्दा लोकप्रिय प्लेटर्फम बनेको छ।
टेडसँग अनुमति लिएर विश्वभर नै यस्ता कार्यक्रम हुने गरेका छन् । टेडेक्स दरबार मार्ग भने सन् २०१८ देखि काठमाडौंमा हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?