+
+

नेपाल क्रिकेट संघको बोर्ड बैठक भैरहवामा बस्ने

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ९ गते १६:१९

९ माघ, काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) को बोर्ड बैठक यही माघ १३ गते भैरहवामा बस्ने भएको छ । क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले भैरहवा बोर्ड बैठक बस्ने तय भएको जानकारी दिए ।

बोर्ड बैठकमा क्यानको साधारण सभाको मिति तोक्ने लगायत विभिन्न विषयमा छलफल हुने भएको छ ।

मल्लका अनुसार क्यानको साधारण सभाको विषय देखि खेलाडीको केही समयअघि खेलाडी र क्यानबीच सेन्ट्रल कन्ट्रयाक्टको विषयमा भएको सहमतिको समेत छलफल हुनेछ ।

यसअघि क्यानले पुस १४ र १५ गते धनगढीमा साधारण सभा गर्ने निर्णय गरेको थियो । तर क्यानकै ६ सदस्यले पत्रकार सम्मेलन गर्दै २० जिल्ला संघको कार्यकाल सकिएको र ति जिल्लनको निर्वाचनबिनै साधार सभा गर्नु अवैधानिक भएको बताएका थिए । त्यसपछि क्यानले तत्कालका लागि साधार सभा स्थगित गरेको थियो ।

क्यानले २० वटै जिल्ला संघको निर्वाचन सम्पन्न भइसकेकोले अब बोर्ड बैठकबाट साधारण सभाको नयाँ मिति तोक्ने तयारी छ ।

यस्तै क्रिकेट खेलाडी र क्यानबीच खेलाडीको ग्रेडिङको विषयमा विवाद समाधान गर्ने सहमति भएको थियो । त्यस विषयलाई पनि साधारण सभामा छलफल गरिनेछ ।

क्यानले अनुशासनको विषयलाई लिएर तात्कालिन कप्तान ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी र कमल सिंह ऐरीलाई कारवाही गर्दै २०२२ को सुरुको ६ महिना सेन्ट्रल कन्ट्रयाक्टमा नराख्ने निर्णय गरेको थियो । साथै मल्ललाई कप्तानबाट हटाएर सन्दीप लामिछानेलाई नयाँ कप्तान बनाइएको थियो ।

तर विवाद उत्कर्षमा पुगेपछि क्यानले खेलाडीसँग छलफल गर्दै कप्तानमा सन्दीपलाई यथावत राख्ने र चार खेलाडीको सेन्ट्रल कन्ट्रयाक्टमा नराख्ने भन्ने निर्णयलाई फिर्ता लिने सहमति भएको थियो । त्यही विषयलाई बोर्ड बैठकबाट निर्णय गराउने क्यानको तयारी छ ।

त्यतिबेला क्यान अध्यक्ष चतुर बहादुर चन्दले बवर्ड बैठकबाट यो विषयलाई सुल्झाउने भन्दै विवाद टुङ्गाएका थिए ।

यस्तै बोर्ड बैठकमा विधान संसोधनका लागि गठित विधान संसोधन मस्यौदा समितिले राय पेश गर्ने छन् । समितिले पेश गर्ने रायको विषयमा पनि छलफल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?