+
+

मेलम्ची नगर अस्पतालमा अक्सिजन प्लान्ट स्थापना

रासस रासस
२०७८ माघ ९ गते १७:५६

९ माघ, सिन्धुपाल्चोक । मेलम्चीमा अक्सिजन प्लान्ट स्थापना गरिएको छ ।

मेलम्चीको नगर अस्पतालमा मेलम्ची नगरपालिका, संसद् विकास कोष, ह्योल्मो सिन्धु मेलम्ची सामाजिक उत्थान कार्यक्रम सञ्चालन समिति लगायतको सहयोगमा जडान गरिएको ४८ सिलिन्डर क्षमता प्लान्टबाट अक्सिजन उत्पादन शुरू भएको छ ।

मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्यालले ग्रामीण क्षेत्रका बासिन्दालाई सस्तो मूल्यमा मेलम्चीमै स्वास्थ्य सेवा दिन सकेमा मात्र आम नागरिकले राज्यको अनुभूति गर्ने बताए ।

उनले दैनिक ४८ सिलिन्डर भर्न सकिने क्षमताको प्लान्ट जडान भएपछि अब मेलम्ची लगायत आसपासका क्षेत्रमा अक्सिजनको अभाव सिर्जना नहुने समेत दाबी गरे ।

मेलम्ची नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार धितालले अक्सिजन अभावका कारण कसैले ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले मेलम्ची अक्सिजन प्लान्ट स्थापना गरी सञ्चालनमा ल्याइएको बताए ।

झन्डै ९५ लाख रुपैयाँ लगानीमा भवनसहित अक्सिजन प्लान्ट निर्माण भएको मेलम्ची नगरपालिकाका जनस्वास्थ्य प्रमुख ज्ञानेन्द्र घोरसैनीले जानकारी दिए ।

अक्सिजन प्लान्ट स्थापना भएसँगै मेलम्ची, हेलम्बु, पाँचपोखरी, इन्द्रावतीलगायत यस भेग आसपासका नागरिकलाई सहज हुने मेलम्ची नगरपालिकाले जनाएको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?