+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

ललितपुर महानगरमा अत्यावश्यकबाहेकका सेवा बन्द

ललितपुर महानगरपालिकाले माघ १० गते सोमबारदेखि त्यावश्यकबाहेका सबै सेवा बन्द गर्ने भएको छ । महानगरले आइतबार एक विज्ञप्ति जारी गर्दै कोभिड १९को नयाँ भेरियन्ट ओमिक्रोनबाट संक्रमित भई महानगरका कर्मचारीहरु उपचार एवंम होम आइसोलेसनमा रहेकाले महानगरले अत्यावश्यकबाहेकका सबै सेवा बन्द गर्न लागेको जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ९ गते १८:५५

९ माघ, ललितपुर। ललितपुर महानगरपालिकाले माघ १० गते सोमबारदेखि त्यावश्यकबाहेका सबै सेवा बन्द गर्ने भएको छ ।

महानगरले आइतबार एक विज्ञप्ति जारी गर्दै कोभिड १९को नयाँ भेरियन्ट ओमिक्रोनबाट संक्रमित भई महानगरका कर्मचारीहरु उपचार एवंम होम आइसोलेसनमा रहेकाले महानगरले अत्यावश्यकबाहेकका सबै सेवा बन्द गर्न लागेको जनाएको छ ।

नगर प्रमुख चिरीबाबु महर्जनले ओमिक्रोनका कारण प्रायजसो जनप्रतिनिधि र कर्मचारीहरु संक्रमित भएकाले कार्यालयमा नियमित सेवा सञ्‍चालन गर्न नसकेको बताए ।

उनले भने, ‘कार्यालयमा भएका कर्मचारीबाट मात्रै सबै सेवा संचालन गर्न सकेनौं ,त्यसैले केही दिनका लागि निश्चित सेवा मात्रै सञ्चालन गर्‍यौं, यसबाट पर्न गएको असुविधाप्रति क्षमा प्रार्थी छौं।’ महानगरका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले अधिकांश कर्मचारी संक्रमित हुँदा नियमित सेवा संचालन गर्न धेरै गाह्रो परेको बताए ।

उनले भने, ‘आलोपालो गरेर पनि नियमित सेवा प्रवाह गर्न सक्ने स्थिति भएन, त्यसैले, अत्यावश्यक सेवामा मात्रै केन्द्रित भयौं ।’ अत्यावश्यक सेवाअन्तर्गत स्वास्थ्य सेवा, दमकल, शववाहन, एम्बुलेन्स, सरसफाई , नगरप्रहरी रहेका छन् ।

हेर्नुस् ललितपुर महानगरको सूचना 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?