+
+

अपहरणमा परेका राइडर अफलाइन राइडमा थिए : पठाओ

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १० गते १३:२४

१० माघ, काठमाडौं । पठाओ राइडर प्रविन राईले अफलाइन राइड लिएको समय अपहरणमा परेको पाइएको छ ।

राईलार्य शनिबार राथि कोटेश्वरबाट चढेका एक युवकले धापाखेल पुर्‍याएर लुटपाट गरेका थिए । मुखमा टेप र हातखुट्टामा डोरीले बाँधेर राईसँग भएको ८ हजार नगद र मोटरसाइकल लिएर भागेका सुमन तामाङ र मिनराज राईलाई प्रहरीले पक्राउ गरेको छ । तामाङ कोटेश्वरबाट पठाओमा गएका थिए भने राईले धापाखेलमा बन्धक बनाउन सहयोग गरेको पाइएको प्रहरीले बताएको छ ।

राइडर प्रविण पनि अफलाइन राइड लिएको पाइएको पठाओ नेपालले बताएको छ ।

पठाओका अनुसार राईले घटना भएको दिन सामखुसीबाट कोटेश्वरसम्म अन्तिम राइड लिएका थिए । कोटेश्वरबाट घटनास्थल धापाखेल पुगेको कुनै पनि विवरण पठाओ एपमा उपलब्ध नभएको पठाओले जानकारी दिएको छ । निजले बाटोमा भेटेको व्यक्तिलाई बार्गेटिङ गरेर राइड लिएको देखिन्छ, जुन सरासर गलत हो, पठाओ नेपालकी प्रवक्ता सुरक्षा हमालद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

पठाओको विज्ञप्ति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?