
१० माघ, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन चीनमा उपचार गरेर स्वदेश फर्किएका छन् ।
केहीबेर अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका उनलाई नारायणकाजी श्रेष्ठ, युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज लगायतका नेताहरुले स्वागत गरेका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै पुनले पार्टी महासचिवमा दाबी गरेको बताए । तर सहमतिमै पदाधिकारी टुंगो लाग्ने उनले विश्वास व्यक्त गरे ।
पदाधिकारी टुंगो लगाउन माओवादी केन्द्रले आगामी २७ गते केन्द्रीय समितिको बैठक बोलाएको छ । गत पुसमा आयोजित आठौं महाधिवेशनले केन्द्रीय सदस्यहरुमात्र चयन गरेको थियो । केन्द्रीय सदस्यहरुको पहिलो बैठकले अध्यक्षमा प्रचण्डलाई नै निरन्तरता दिएको थियो ।
नेता पुन चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा उपचार गरेर स्वदेश फर्किएका हुन् । वंशाणुगत जण्डिसका बिरामी पुन जावलाखेलस्थित सुमेरु अस्पतालमा उपचार सम्भव नभएपछि चिकित्सकको परामर्शमा गत १३ असोजमा थाइल्याण्डको राजधानी बैंकक गएका थिए । बैंककस्थित समितिभेज अस्पतालमा दुई महिना उपचार गराउँदासमेत स्वास्थ्यमा सन्तोषजनक सुधार नभएपछि १० मंसिरमा चीन लगिएको थियो ।
प्रतिक्रिया 4