+
+

भाइकी छोरीको हत्या आरोपमा युवक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ११ गते १७:२१

११ माघ, स्याङ्जा। स्‍याङ्जामा भाइको छोरीको हत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

२७ महिने छोरीलाई भुईंमा पछारेर हत्‍या गरेको आरोपमा जिल्लाको चापाकोट नगरपालिका-७ पिपलाका ३८ वर्षीय बासुदेव ढकाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।

प्रहरीका अनुसार माघ १० गते उनले २७ महिने छोरीको दुवै खुट्टा समाएर भुइँमा पछारेर अचेत बनाएर छाडेका थिए । अचेत अवस्थामा रहेकी बालिकालाई उपचारका लागि पाल्पाको रामपुर अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।

पक्राउ परेका ढकालविरुद्ध कर्तव्‍य ज्यानसम्बन्धी कसूरमा अनुसन्धानका लागि ७ दिन हिरासतमा राख्न स्याङ्जा जिल्ला अदालतबाट अनुमति लिएको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?