११ माघ, काठमाडौं । नेपालसँग मैत्रीपूर्ण खेल खेल्न आएको अफ्रिकी राष्ट्र मोरिससका चार खेलाडीमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
मोरिसस फुटबल एसोसियसनले आफ्नो टिमको चार खेलाडीको कोरोना देखिएको मंगलबार जनाएको छ । लोइक मिशेल, वाल्टर सेन्ट मार्टिन, हान्स पाटेट र कर्लसन अगाथे रहेका छन् ।
चार खेलाडीको बिहीबार फेरि कोरोना परिक्षण गरिने मोरिसस फुटबल एसोसिएसनले जनाएको छ । यस्तै बाँकी खेलाडी र स्टाफको शनिवारको खेल हुनु २४ घण्टा अघि शुक्रबार परिक्षण गर्ने एसोसिएसनले जनाएको छ ।
नेपाल र मोरिससबीच यही माघ १५ र १८ गते दशरथ रंगशालमा दुई मैत्रीपूर्ण खेल हुँदैछ । कोभिड प्रोटोकल अनुसार मोरिससको टिम सोमबार नै नेपाल आइपुगेको हो ।
                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
    
    
    
    
    
                            
                            
                            
                            
                            
                            
प्रतिक्रिया 4