+
+

जनसंख्यामा तराई क्षेत्रको हिस्सा बढ्दै, पहाड र हिमालको खुम्चिँदै

तराईमा २३ लाख ४७ हजार जनसंख्या बढ्दा पहाडमा ३ लाख ५४ हजार मात्रै बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १२ गते १४:१७

१२ माघ, काठमाडौं । जनसंख्याको वितरणमा तराई क्षेत्रको हिस्सा ठूलो दरमा बढ्दै गर्दा  हिमाली र पहाडी क्षेत्रको हिस्सा खुम्चिँदै जान थालेको छ ।

विगत १० वर्षमा तराई क्षेत्रमा बसोबास गर्नेको संख्या कुल जनसंख्या २३ लाख ४७ हजार १२३ जनाले बढेको छ । १० वर्षमा पहाडी क्षेत्रमा ३ लाख ५४ हजार ५४१ जनाले जनसंख्या बढ्दा हिमाली क्षेत्रमा ३ हजार ६सय ८८ जना जनसंख्या कम भएको छ ।

१० वर्षमा कुल जनसंख्या २६ लाख ९७ हजार ९७६  बढ्दा वृद्धिको अधिकांश हिस्सा तराईले नै ओगटेको छ  भने पहाडको वृद्धिदर कमजोर हुँदा हिमालमा जनसंख्या वृद्धिदर नै ऋणात्मक देखिन्छ ।

भौगोलिक क्षेत्रअनुसार जनसंख्याको वितरणमा तराई क्षेत्रको अंश विगत २०६८ सालको तुलनामा २०७८मा ३.३९ प्रतिशतले वृद्धि भएको देखिएको छ ।२०६८ सालको जनगणनामा तराईमा कुल जनसंख्याको ५०.२७ प्रतिशत हिस्सा रहेकोमा २०७८ मा वृद्धि भई ५३.६६ प्रतिशत पुगेको छ । २०६८मा १ करोड ३३ लाख १८ हजार जनसंख्या रहेको तराईमा हाल १ करोड ५६ लाख ६५ हजार पुगेको छ ।

१० वर्षअघि हिमाली क्षेत्रमा कुल जनसंख्याको ६.७३ प्रतिशत अंश रहेकोमा २०७८मा केही कम भई ६.०९ प्रतिशतमा झरेको छ । हिमाली भेगमा १७ लाख ८१ हजार रहेको जनसंख्या १० वर्षपछि १७ लाख ७८ हजारमा झरेको छ ।

पहाडी क्षेत्रमा २०६८ मा ४३.०१ प्रतिशत रहेको कुल जनसंख्याको हिस्सा हाल २०७८ मा ४०.२५ प्रतिशतमा झरेको छ । १० वर्षअघि १ करोड १३ लाख ९४ हजार रहेको पहाडी क्षेत्रको जनसंख्या १ करोड १७ लाख ४८ हजार भएको छ । तर, कुल जनसंख्या बढेका कारण जनसंख्याको वितरणमा पहाडको हिस्सा खुम्चिएको छ । २०७८ सालको जनगणनाको प्रारम्भिक नतिजाअनुसार नेपालको जनघनत्व १९८ जना पुगेको छ, जुन २०६८ सालमा १८० मात्र थियो ।

भौगोलिक क्षेत्रअनुसार हेर्दा २०७८ को प्रारम्भिक नतिजा अनुसार पनि सबैभन्दा धेरै जनघनत्व तराई क्षेत्रमा ४६१ जना प्रतिवर्ग किलोमिटर र सबैभन्दा कम हिमाली क्षेत्रमा ३४ प्रतिवर्ग किलोमिटर रहेको छ । २०६८ सालमा पनि सबैभन्दा धेरै जनघनत्व तराई क्षेत्रमा ३९२ प्रतिवर्ग किलोमिटर र सबैभन्दा कम हिमाली क्षेत्रमा ३४ प्रतिवर्ग किलोमिटर रहेको थियो ।

पहाडी भेगको जनघनत्व भने २०६८मा १८६ जना प्रतिवर्ग किलोमिटर रहेकोमा अहिले १९२ जना प्रतिवर्गकिलोमटिरमा पुगेको छ । प्रदेशहरुमध्ये मधेश प्रदेशमा सबैभन्दा बढी ६३६ जना प्रति वर्ग किमिमा बसोवास गरेको देखिन्छ, जुन २०६८ मा ५६१ रहेको थियो ।

हाल सबैभन्दा कम कणर्ाली प्रदेशमा ६१ जना प्रति वर्ग किमिमा बसोवास गरेको देखिन्छ । दोस्रो र तेस्रो धेरै जनघनत्व भएका प्रदेशमा बागमती र लुम्बिनी प्रदेश रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?