+
+
Shares

प्रधानमन्त्रीले आज ईयूआबद्ध देशका राजदूत र मिसन प्रमुखसँग छलफल गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १२ गते ८:३५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानमन्त्री वालेन्द्र शाहले मङ्गलबार युरोपेली सङ्घमा आबद्ध देशका गैरआवासीय राजदूत र मिसन प्रमुखहरूसँग सामूहिक छलफल गर्नुहुने भएको छ ।
  • प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हुने उक्त भेटवार्तामा नेपालको प्राथमिकता, द्विपक्षीय सम्बन्ध र सहकार्यका विविध विषयमा छलफल हुनेछ ।

१२ जेठ, काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले  युरोपेली संघ (ईयू) मा आबद्ध देशका गैरआवासीय राजदूत र मिसन प्रमुखहरूसँग छलफल गर्ने भएका छन् ।

उनले मंगलबार बिहान (ईयू) मा आबद्ध देशका गैरआवासीय राजदूत र मिसन प्रमुखहरूसँग सामूहिक छलफल गर्ने भएका हुन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री शाहले बिहान ११:३० बजे सामूहिक भेट र संवाद गर्ने कार्यक्रम तय भएको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालका अनुसार सामूहिक भेटका अवसरमा नेपालको वर्तमान प्राथमिकताबारे जानकारी गराउने, द्विपक्षीय सम्बन्धलाई थप सुदृढ तुल्याउने र सहकार्यका विविध विषयमा छलफल केन्द्रित हुनेछ ।

यसअघि चैत २५ गते प्रधानमन्त्री शाहले नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरुसँग सामूहिक भेट र संवाद गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?