+
+

गण्डकीमा राप्रपा जनप्रतिनिधिले पार्टीको निर्देशन विपरीत गरिन् मतदान

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १२ गते १५:११

१२ माघ, काठमाडौं । म्याग्दीको बेनी नगरपालिकाकी उपप्रमुख सञ्जु बरूवालले राष्ट्रियसभा सदस्य निर्वाचनमा आफ्नो पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को निर्देशनविपरीत मतदान गरेकी छन् ।

बुधबार पोखरास्थित मतदान केन्द्रमा पुगेर उनले मतदान गरेकी हुन् । उनले मतदान गर्दै आफूलाई पार्टीको निर्देशनबारे आधिकारिक जानकारी नभएको बताइन् । मंगलबार बसेको राप्रपा पदाधिकारी बैठकले प्रदेश १ बाहेक अन्य प्रदेशमा मतदान नगर्न आफ्ना जनप्रतिनिधिलाई निर्देशन दिएको थियो ।

उनी बुधबार मतदान समयको अन्तिमतिर मतदान गर्न आइपुगेकी थिइन् ।

त्यस्तै लो-घेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्पेल विष्ट र बागलुङ नगरपालिकाका उपमेयर सुरेन्द्र खड्का अनुपस्थित रहे । विष्ट अमेरिका छन् भने खड्का मतदान गर्न नआएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?