+
+

कौडा खेलिरहेको अवस्थामा १२ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १२ गते १६:०८

१२ माघ, सर्लाही । बागमती नगरपालिका-३ बस्ने ३४ वर्षीय ढलक भन्ने संचर घिसिङको घरमा तास खेलिरहेको अवस्थामा घिसिङसहित १२ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

उनको घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरीले उनीहरुलाई नगद चार लाख ८४ हजार ५० रुपैयाँ र १६ वटा कौडासहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?