+
+

दाङमा १ लाख २३ हजार जनसंख्या थपियो, सबैभन्दा बढी घोराहीमा

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १३ गते ९:१२
दाङको सदरमुकाम घोराही बजार

१३ माघ, दाङ । राष्ट्रिय जनगणना २०७८ अनुसार दाङको जनसंख्या ६ लाख ७६ हजार दुई सय पुगेको छ ।

राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार १० वर्षमा जिल्लामा १ लाख २३ हजार भन्दा बढी जनसंख्या थपिएको हो । २०६८ सालको जनगणनामा दाङको जनसंख्या ५ लाख ५२ हजार ५ सय ८३ थियो ।

राष्ट्रिय जनगणना– २०७८ को नतिजा अनुसार २०६८ को तुलनामा यसपटक जनसंख्या करीब १८ प्रतिशतले बढेको छ । जिल्लामा जनसंख्या वृद्धि दर वार्षिक १.९४ छ ।

दाङमा ५२.४० प्रतिशत महिला र ४७.५९ प्रतिशत पुरुष जनसंख्या छ । जसमा ३ लाख ५४ हजार ३ सय ७६ महिला र ३ लाख २१ हजार ९ सय १ पुरुषको जनसंख्या रहेको तथ्यांक कार्यालय दाङका तथ्यांक अधिकृत तुलसीराम पोख्रेलले बताए ।

त्यस्तै जिल्लामा जनगणना घर १ लाख ४९ हजार २ सय ६८ रहेको छ भने १ लाख ६५ हजार ७ सय ६१ कुल परिवार संख्या रहेको तथ्यांकमा उल्लेख छ । जिल्लामा लैंगिक अनुपात ९०.८५ रहेको छ ।

कुन पालिकामा कति जनसंख्या ?

दाङका १० वटा स्थानीय तहमध्ये घोराही र तुलसीपुर उपमहानगरपालिका सबैभन्दा धेरै जनसंख्या थपिएको छ । जिल्लाका मुख्य शहरी क्षेत्रमा रहेका दुई पालिकामा जनसंख्या दोहोरो अंकले बढेको कार्यालय जानकारी दिएको छ ।

जसअनुसार घोराही उपमहानगरपालिकामा सबैभन्दा धेरै जनसंख्या रहेको छ । यसअघि १ लाख ५६ हजार एक सय जनसंख्या रहेको घोराहीमा अहिले २ लाख १ हजार ७९ जना जनसंख्या पुगेको छ ।

त्यस्तै तुलसीपुर उपमहानगरपालिकामा यसअघि १ लाख ४९ हजार ६ सय ४७ रहेकोमा अहिले बढेर १ लाख ८० हजार ७ सय ३४ कुल जनसंख्या पुगेको छ ।

त्यस्तै लमही नगरपालिकामा ५८ हजार ८ सय ८४, राप्ती गाउँपालिकामा ५२ हजार १ सय ५८, गढवा गाउँपालिकामा ४६ हजार २ सय ७५ जनसंख्या पुगेको छ ।

त्यस्तै बबई गाउँपालिकामा ३१ हजार ३ सय १७, राजपुर गाउँपालिकामा २८ हजार ४ सय १०, दंगीशरण गाउँपालिकामा २३ हजार ६ सय ७२ रहेको तथ्याङक छ ।

जिल्लाको बंगलाचुली गाउँपालिकामा भने सबैभन्दा कम जनसंख्या रहेको तथ्यांक छ । बंगाचुलीमा कुल २२ हजार ८ सय ७७ जनसंख्या रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?