+
+

यातायात कार्यालय अनुगमन गर्दै मन्त्री दाहालले भने- बिचौलियालाई रोक्नुस्

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १३ गते ११:४२
अनुगमनको क्रममा एकान्तकुनास्थित यातायात कार्यालयमा पुगेका बागमती प्रदेशका यातायात मन्त्री घनश्याम दाहाल । तस्वीर : आर्यन धिमाल/अनलाइनखबर

१३ माघ, काठमाडौं । बागमती प्रदेशका श्रम रोजगार तथा यातायात मन्त्री घनश्याम दाहालले ललितपुरको एकान्तकुनास्थित यातायात कार्यालय अनुगमन गरेका छन् । बिहीबार बिहान अनुगमनको क्रममा उनले बिचौलियाको प्रवेश रोक्न निर्देशन दिएका छन् ।

कार्यालय अनुगमनको क्रममा कर्मचारीहरुसँगको छलफलमा उनले भने, ‘कार्यालयका कर्मचारीको कहिँकतै सेटिङ छ भने त्यसलाई हामी खोजी हाल्छौं । छोड्दैनौं कसैलाई पनि । आज कार्यालयहरुलाई भन्छौं– बिचौलियालाई भित्र पस्न नदिनुस् । यदि त्यो पनि भएन भने पुलिस लगाएर भए पनि उनीहरुलाई समाउँछौं, कारबाही गर्छौं ।’ कानूनी कारबाहीमा ल्याएपछि बिचौलियाको विगविगी कम हुने र गलत काम गर्ने कर्मचारीहरु पनि हच्किएर सही बाटोमा आउने उनको विश्वास छ ।

उनले पैसा भन्दा इज्जत ठूलो कुरो हो भन्ने कुरा बुझेर सेवामा लाग्न कर्मचारीहरुलाई निर्देशन दिए । ‘पैसा ठूलो कुरा होइन रहेछ, इज्जत ठूलो कुरा हो,’ उनले भने, ‘राम्रोसँग काम गर्यौं भने देशैभरी हामी हाईहाई हुन्छौं । सम्मानित हुन्छौं ।’

काम गर्ने क्रममा केही अप्ठ्यारो परे त्यसको समाधान गर्ने वचन दिंदै उनले उत्कृष्ट सेवाको नमूना प्रस्तुत गर्न निर्देशन दिए । ‘बागमती प्रदेशबाटै देशैभरी, संघीय सरकारलाई पनि र अरु ६ वटा प्रदेशलाई पनि, बागमती प्रदेशका यातायात कार्यालयहरु त्यहाँको यातायात क्षेत्रमा गरेका कामहरु हेर्न जाऔं एकचोटि भन्ने बनाउनु छ । हामीले त्यो बनाउने हो अहिले, अरु केही गर्ने होइन,’ मन्त्री दाहालले भने, ‘बागमती प्रदेशको यातायात मन्त्रालय र त्यो मातहतका कार्यालयमा गएर हेर न सेवा त त्यस्तो पो हुनुपर्छ भन्ने पोजेटिभ सन्देश दिनुपर्छ ।’

अनुगमनमा मन्त्री दाहालसँगै मन्त्रालयका सचिव अशोक शाहलगायत थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?