+
+

रौतहटमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

गौतम श्रेष्ठ गौतम श्रेष्ठ
२०७८ माघ १३ गते ११:५९

१३ माघ, रौतहट । रौतहटमा भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

रौतहटको गरुडा नगरपालिका–४ मा मोटरसाइकल दुर्घटना हुँदा गढीमाई नगरपालिका ८ का १९ वर्षीय महम्द अलताफ आलम र २४ वर्षीय रवि साहको मृत्यु भएको हो ।

उनीहरु सवार ना ६२ प ३३९९ नम्बरको मोटरसाइकल बुधवार राति अनियन्त्रित भएर दुर्घटना भएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका दुवैजनालाई उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?