+
+

कीर्ते नियुक्ति दिएर ठगी गरेको आरोपमा युवक पक्राउ 

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १३ गते २१:१२

१३ माघ, जनकपुरधाम । कीर्ते नियुक्ति पत्र दिएर व्यक्तिसँग रकम ठगी गर्ने एक युवक धनुषाबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको धनौजी गाउँपालिका १ बस्ने २५ बर्षीय शहादत्त राइन छन् । उनलाई जनकपुरधाम उपमहानगरपालिका २ स्थित कदम चोकबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

राइनले गाउँकै तीन जना युवकलाई सडक डिभिजन जनकपुर प्रदेश २ को कीर्ते नियुक्ति पत्र दिएर २ लाख रुपैयाँका दरले ठगी गरेको पाइएको धनुषा प्रहरीका प्रवक्ता एवं डीएसपी दिपक कुमार रायले बताए ।

धनौजी गाउँपालिका- १ बस्ने २० बर्षीय पारस कुमार पासवान, १९ बर्षीय बबलु पासवान र दीपेश पासवानलाई उक्त कार्यालयको आइटी सुपरभाइजर पदको नियुक्ति पत्र, मासिक तलव र सो सम्बन्धी सम्झौता पत्र दिएर २ लाख रुपैयाँका दरले ठगी गरेको पाइएको रायले बताए ।

राइनले दिएको नियुक्ति कीर्ते रहेको पाइएपछि पारस पासवान समेतले जिल्ला प्रहरी कार्यालयमा किर्ते ठगी शीर्षकमा जाहेरी दरखास्त दिएपछि उनलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

राइनलाई जिल्ला अदालतबाट सरकारी छाप कीर्ते र ठगी मुद्दा शीर्षकमा अनुसन्धान गर्न १० दिन हिरासत राख्न अदालतबाट अनुमति लिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?